आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगर : गर्मि बढे संगै विद्यालयको बिदा लम्बाइयो

अखिलेश कुमार यादव २०८० जेष्ठ २०, शनिबार (११ महिना अघि) १७९ पाठक संख्या

जीतपुर: विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले बढ्दो गर्मीका कारण सार्वजनिक तथा संस्थागत विद्यालयको बिदाको समय लम्बाएको छ।

 

उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले उपमहानगरपालिका अन्तर्गत सञ्चालित विद्यालयमा बिदाको समय बढाइएको जानकारी दिए।पछिल्लो केही दिनदेखि तराई क्षेत्रमा गर्मी बढेको हुँदा विद्यालयमा पठनपाठनमा कठिनाइ हुने र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने हुँदा बिदा थपिएकाे हाे।

 

जल तथा मौसम विज्ञानका अनुसार अझ थप केही दिन तराई क्षेत्रमा तातो हावा र लु लाग्न सक्ने सम्भावना रहेको हुँदा जेठ २१ देखि २३ गतेसम्म बिदालाई निरन्तरता दिइको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए।यसअघि बढ्दो गर्मीकै कारण उपमहानगरले १८ गतेदेखि २० गतेसम्म बिदा दिइएको थियो।

 

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको अनुसार उपमहानगरको शैक्षिक क्यालेण्डरअनुसार श्रावण महिनाको बर्खे बिदा कट्टा हुने गरी बिदाको व्यवस्थापन गरिएको हो ।बारमा गर्मीका कारण दिउँसो सडकमा सवारी, र सर्वसाधारणको हिँड्डुल अत्यन्त कम रहेको छ।

प्रतिक्रिया दिनुहोस