आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेटा गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न, ३५ करोड ६३ लाख ६२ हजार बजेट प्रस्तुत

अखिलेश कुमार यादव २०८० अषाढ ९, शनिबार (१० महिना अघि) १०७ पाठक संख्या

बारा : बाराको फेटा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि नीति ,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आफ्नो १२ औं गाउँसभाको उद्घाटन गरेको छ।शनिवार गाउँपालिकाको सभाहलमा गाउँपालिकाको अध्यक्ष रुस्तम अन्सारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आ.व. २०८०/८१ को लागि ३५ करोड ६३ लाख ६२ हजार बजेट प्रस्तुत गरेको छ ।

 

समृद्ध फेताको आधार शिक्षा,स्वास्थ्य ,कृषि ,खानेपानी,जनशक्ति र पुर्वाधारूभन्ने मुल नाराका साथ आयोजना भएको सभालाई सम्बोधन गर्दै गा.पा. अध्यक्ष अन्सारीले आन्तरिक सुशासन र सबल प्रशासनको विकासबाट अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो निति तथा कार्यक्रम यसैतर्फ निर्देशित रहेको बताए ।जनतासँग प्रत्येक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास ,श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्वन गर्न प्रस्ताव गरेको उनले बताए ।

उनले यस आ.व. को लागि शिक्षा,स्वास्थ्य ,रोजगारी ,खानेपानी,उद्यमशिलता,सामाजिक विकास ,युवा तथा खेलकुद,भौतिक पूर्वाधार विकास,सार्वजनिक यातायात ,खानेपानी तथा सरसफाइ ,विपद व्यवस्थापन ,न्याय नुरुपण, मानवअधिकार प्रबर्द्धन जस्ता विषयगत क्षेत्रहरुका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको जानकारी गराए।गाउँपालिकाको १२ आउँ गाउँसभामा २० बर्ष वारि बिहे गरौ पारि अन्तर्गत बिहे गर्ने युवतीलाई प्रोत्साह स्वरुप २५ हजार रकम सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहले स्वागत गरेको कार्यक्रमको सन्चालन प्रशासन शाखाका अधिकृत सुनिल कुमार साहले गरेका थिए ।फेटा गाउँपालिकाको १२ औं गाउँ सभामा १ देखि वडा न ७ सम्मका वडा अध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य ,गाउँपालिकाको कर्मचारी लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस