आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुर प्रहरीले निगरानी बढाएसँगै ठूलो परिणाममा लागुऔषध गाँजा बरामद

अखिलेश कुमार यादव २०८० अषाढ १४, बिहिबार (१० महिना अघि) १२३ पाठक संख्या

जीतपुर :–ईलाका प्रहरी कार्यालय जीतपुरले निगरानी बढाए संगै जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बाट प्रहरीले बिहिवार राति ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ। प्लाष्टिकमा प्याक गरी भारतीय गाडीमा राखेर हेटौडा बाट बिरगंज तर्फ लैजाँदै गरेको अवस्थामा २६२ किलोग्राम गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

 

उनका अनुसार इलाका प्रहरी कार्यालय जीतपुरको टोलीले चेक जाँच गर्ने क्रममा जीतपुर बाट गाँजा बरामद गरेको हो।गाँजा लोड गरिएको बिआर २५ GA २४५८ नम्बरको भारतीय गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीलाई देख्नासाथ गाडी चालक फरार भएको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। हेटौडा बाट बिरगंज हुँदै भारततर्फ लैजान लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

 

गाँजा र गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।मकवानपुर जिल्लामा उत्पादन भएका गाँजा भारतमा बिक्रीका लागि धेरै जाने गरेको छ। गाँजा तस्करीका मुख्य नाइके पक्राउ नभई भरिया मात्रै पक्राउ पर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस