आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पथलैया हेटौडा सडक पुनः खाल्टाखुल्टी,सवारी साधन आवतजावतमा कठिनाई

अखिलेश कुमार यादव २०८० श्रावण ३, बुधबार (९ महिना अघि) १४९ पाठक संख्या

बारा : बाराको पूर्व पश्चिम राजमार्गको पथलैया हेटौडा सडक खण्डअन्तर्गत आधाभार, अमलेखगञ्ज र चुरे क्षेत्रको सडक पुनः खाल्टाखुल्टी भएका कारण सवारी साधनहरूको आवतजावतमा कठिनाई उत्पन्न भएको छ । अधाभार देखि उत्तर सडक कतिपय स्थानमा भासिएर अल्को र होचो हुँदा मोटरसाइकल लगायत साना गाडीहरूको आवतजावतमा कठिनाइ हुन पुगेको हो ।

 

ठूला सवारी साधनहरुले ओभरटेक गर्ने र पेलेर जाने भएका कारण दुर्घटना हुने गरेको र खाल्टाखुल्टी सडकमा भएकोले गर्दा सबै भन्दा बढी बाईक चलाउन गाह्रो हुने गरेको केदार भक्त पौडेलले बताए ।सडक बिग्रेको छ ठूला गाडीहरु स्पिडमा आउछ्न,गाडी नियन्त्रण हुदैन त्यसमा पनि मोटरसाइकिल नियन्त्रण गर्न गाह्रो भएर दुर्घटना हुने गरेको र सधै जसो मोटरसाइकल लगायतका साधन दुर्घटना हुने गरेको उनले बताए ।सडक डिभिजन कार्यालय हेटौडाक प्रमुख इन्जिनियर राजेश यादवले निकुञ्ज क्षेत्रभित्र धेरै भार बोकेका गाडीहरु बिस्तारै हिड्दा सडकको पिच भासिने गरेको बताउनु भयो । सडकको क्षमता भन्दा बडि भार बोकेका गाडिहरु बिस्तारै गुडदा सडक भासिएको उहाको भनाइ छ ।निकुन्जले आफनो क्षेत्र भित्र सवारी साधनको गति सिमित गरेको छ ।श्रोतको ब्याबस्थापन गरेर अब तत्काल सडक मर्मत गराउने डिभिजन प्रमुख यादबको भनाइ छ । मर्मत गर्दापनी सधै जसो सडक भासिने गरेकोले यस्को कारणले पत्ता लगाउनको लागि सिनियर इन्जिनियर पदम शाहिलाई विशेष जिम्मा दिएको र प्रतिबेदन आएपछी थप काम अगाडि बढाइने यादबको भनाइ छ ।पथलैया अमलेखगंज सडक खाल्टाखुल्टी बारा जिल्लामा एउटा उदाहरण मात्र हुन् बारा जिल्लाको ग्रामिण भेगमा एक बर्षमै पिच गरेको बाटो ग्राभेल्मा परिणत हुने गरेको समेत पाए पनि राज्यले त्यस्ता ठेकेदारलाई कारवाही गर्न न सक्नुले राज्यको लगानी खेर गईरहेको छ ।तिनै तहको सरकारले सडक निर्माणमा अरबौ लगानी लगाए पनि कमसल सामग्री प्रयोग गरेर सडक निर्माण गर्ने ठेकेदार कम्पनिलाई कारवाही नगरेको कारण आज नेपालामा बाटो बन्ने र १ महिना पछि बाटो पुनः पुरानै बाटो जस्तो बन्ने गरेको पाईएको भए पनि सम्बन्धित निकायको त्यस ट्राफ अहिले सम्म ध्यान आकर्षण हुन् सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस