आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित

अखिलेश कुमार यादव २०८० श्रावण ४, बिहिबार (९ महिना अघि) ११४ पाठक संख्या

बारा : सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र वडा कार्यालयका कर्मचारीहरू आन्दोलित हुँदा ४ दिन देखि स्वास्थ्य सेवा र वडा कार्यालय बाट प्रदान हुने सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत करार र ज्यालादारीमा भर्ना गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबसहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य गेटमा तालाबन्दी गरी धर्नामा बसेका छन् ।

 

कोभिड महामारीको समयमा सिम्रौनगढ नगरपालिकाले करोडौं लगानी गरेर सञ्चालनमा ल्याएको सुविधा सम्पन्न अस्पताल सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कोराना कालमा सुलभ र छिटो स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको १५ शय्या क्षमता भएको अस्पताल बारम्बार बिभिन्न विवादको कारण बन्द हुने गरेको छ ।तलब, भत्ता, अतिरिक्त काममा थप भत्ता, चाड पर्वभत्ता र सेवा अवधि थप लगायतका मागहरु यथाशीघ्र पूरा गर्नुपर्ने मागसहित कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गरेका हुन् । आफ्ना माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन् । यसअघि नगरपालिकाका वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीहरुले आइतबारबाट वडा कार्यालयमा तालाबन्दी गरेर सेवा ठप्प पार्दै आएका छन् ।सिम्रौनगढ नगर अस्पताल प्रमुख डा जितेन्द्र यादवका अनुसार स्वास्थ्यकर्मीहरुले लामो समयदेखि तलब भत्ता नपाएकोले आन्दोलन गर्नुपरेको स्वास्थ्यकर्मीले आराखेको माग पुरा नभएसम्म अस्पताल संचालन न गरिएन समेत उनले बताए ।अस्पताल बन्दले ग्रामीण भेगका सर्वसाधारण निराश बनेका छन् । अस्पतालमा दैनिक करिब सय जनाले उपचार सेवा पाउँदै आएका थिए ।नगरपालिकाले दुई करोड खर्चेर २ तल्लाको १२ कोठे नगर अस्पताल आफ्नै लगानीमा निर्माण गरी सञ्चालनमा ल्याएको थियो । त्यसपछि यस क्षेत्रका बासिन्दाहरू सहज उपचार सुविधा पाउन थालेका थिए ।

 

सिमरौनागढ़ नगरअस्पताल प्रमुख जितेन्द्र यादवले समयमै नगर अस्पतालको खर्च बिबरण र कर्मचारीहरुको तलब भत्ता बारे हिसाब जिताब न दिएकोले तलब समयमा न पाएको नगरप्रमुख किशोरी प्रसाद कलवारले बताए ।नगरउपप्रमुखको संयोजकमा समिति गठन भएको र समितिले बुझाएको प्रतिवेदनको आधारमा अब को ५ दिनमा नगरअसपतालमा कार्यरत कर्मचारीहरुले तलब पाउने उनले भने ।नगरअसपतालमा दैनिक ज्यालादारीमा र करारमा कार्यरत कर्मचारीहरुलाई हटाएर स्थायी दरबन्दी रहेका स्वास्थ्यकर्मीलाई राखेर सेवा संचालन गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस