आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमराको ट्राफिक व्यवस्थापन कमजोर, बढ्दै दुर्घटनाको जोखिम

अखिलेश कुमार यादव २०८० श्रावण १७, बुधबार (९ महिना अघि) १३७ पाठक संख्या

बारा ।जीतपुरसिमराको सडकका अधिकांश स्थानमा जथाभावी पार्किङ्ग गरेका सवारी साधनहरु देखिन्छन् । व्यापारिक क्षेत्र देखी हरेक सडकको छेउछाउ पार्किङ् गरेको सवारी साधनले पैदलयात्रीलाई निकै अप्ठयारो बनाइ रहेको छ ।सडकको छेउछाउ दुई लहर बनाएर पार्किङ् गरेकाले पैदलयात्री बिच बाटोबाट हिड्न बाध्य भएका छन् ।

 

हरेक सडक पेटीमा फुटपाथ पसल ठेला व्यवसायीको ठेला र सडकको दुई किनारमा मोटरसाइकल तथा निजी सवारी साधन पार्कीङ्का कारण पैदलयात्रा गर्नेहरु सडक बिचमा हिड्नु पर्ने बाध्यता रहेको छ । यसका कारण जीतपुरको हरेक सडकहरुमा दुर्घटनाको जोखिम दैनिक बढी रहेको छ ।हरेक सडक र हरेक गल्लीहरुमा जथाभावी खोलीएका होटल, बार तथा सेकुवा कर्नरहरु र त्यो व्यवसाय गर्नेहरुको आफ्नो पार्कीङ् गर्ने स्थान नहँदा पनि अधिकाँश सडकहरुमा मोटरसाइकल पार्कीङ्ग गरेर राखेको देखिन्छ ।

 

जीतपुरसिमराका मूख्य ब्यपारीक केन्द्रबिरगंज पथलैया सडक खण्ड , टेढा रोड, तरकारी बजार जाने बाटो , नगरपालिका अगाडी सडक लगायतका दर्जनौं स्थानहरुमाजथाभावी सवारीसाधन पार्कीङ्का कारण समस्या भएको हरेक पैदलयात्रुहरु बताउने गर्छन् ।सवारी साधनको व्यवस्थित पार्किङ्ग नहुँदा जीतपुरसिमराका मुख्य बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । आफैमा साँघुरो मुख्य बजारमा जथाभावी गरिने सवारी पार्किङ्गका कारण बजार क्षेत्र नै कुरूप बनेको हो । बीच सडकमै रोकिएका सवारी साधनका कारण दुर्घटनाको जोखिम पनि बढ्दै गएको पुस्तक व्यवसायी श्रवन कुमार गुप्ता बताउनु हुन्छ ।

 

व्यवस्थित पार्किङ्गस्थलको अभाममा बीच बजार र सडकमै सवारी पार्किङ्ग हुने गरेका छन् । मुख्यबजार क्षेत्रमा रहेका बैंक तथा अन्य सर्वसाधारणको चहलपहल हुने सेवा प्रदायक संस्थाहरू रहेका कारण पनि भीडभाड बढी हुन्छ । तर बजार क्षेत्रमा एउटा पनि पार्किङ्गस्थल छैन । यसले पनि समस्या थपिएको सुन चांदी व्यवसायी जितेन्द्र सराफ समर्पण बताउनु हुन्छ ।ट्राफिकको आँखा अगाडी हुन्छ जथाभावी पार्किङ्ग

 

अस्थायी ट्राफिक पोस्ट जीतपुरको ट्राफिक प्रहरीको आँखा अगाडीनै नो पार्किङ्ग नो स्टपमा गाडीहरु रोकिएर राखेको भए पनि त्यस तर्फ डिउटीमा रहेका ट्राफिकको ध्यान जादैन ।ट्राफिकको आँखा गाडी एउटा गाडीमा क्षमता भन्दा बढी प्यासेन्जर सवार भएर ओहोर दोहोर गर्ने गरेको भए पनि जीतपुरका ट्राफिक प्रहरी मुखदर्शक बन्ने गरेको पाईएको छ ।

 

नो स्टप नो पार्किङ्ग बोर्डको लगानी खेर

 

जीतपुरसिमरा उपमहानगरपालिकाले केहि दिन पहिला अस्थायी ट्राफिक पोस्ट जीतपुरलाई नो स्टप नो पार्किङ्ग बोर्ड हस्तान्तरण गरेको थियो तर त्यो बोर्ड प्रभावकारी न भएको देखिएको छ ।नो स्टपमा बिरगंज देखि आउने म्याजिक र सिटि राईड बस रोक्ने गरेको र नो पार्किङ्ग गाडीहरु पार्किङ्ग गरिएको हुनाले पैदल हिड्ने यात्रुलाई कठिनाई हुने गरेको छ ।

 

नाला माथि रहेका पसल अझै हटेन

 

जीतपुरमा ६ लेन सडकको दुवै पट्टि ठेला माथि र सडकमा व्यवसाय गर्नेको संख्या उतिकै बढेको छ बारम्बार नगरपालिकाले सडक पेटीमा व्यवसाय गर्नेहरुलाई खालि गर्न भने अहिले सम्म नाला माथि र सडकको छेउ छाउमा व्यवसाय गर्नेहरु न हटेकोले झन् दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस