आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडाध्यक्ष कार्की मोटरसाईकलमा लोड गरेर आफै ह्वीलचेयर लिएर घरमा पुगे पछि

एपी खबर २०८० भाद्र २, शनिबार (८ महिना अघि) १६१ पाठक संख्या

बारा: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ का वडाध्यक्ष तारा बहादुर कार्किले एक जना वृद्ध महिलाको घरमा आफै मोटरसाईकलमा बोकेर ह्वीलचेयर लगे पछि हेरेर गाउँका सबै मानिस चकित परे होईन वडाअध्यक्ष ज्युले किन यसरि ह्वीलचेयर बोकेर हिडनु भईरहेको छ भनेर कति जनाले त प्रश्न समेत गर्न थाल्यो।

 

 

पछि वडा अध्यक्ष तारा बहादुर कार्किले त एक जना वृद्ध महिलाको लागि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय बाट ह्वीलचेयर मोटरसाईकलमा लोड गरेर हस्तान्तरण गर्नको लागि ल्याएको सुनेर गाउँलेहरु चकित नै भयो।वडाध्यक्ष ज्युको यो आतं हेरेर आज हामिले आफ्नो वडाको लागि वडाध्यक्ष होईन एउटा असल समाजसेवी पाएको हो भनेर एक जना स्थानीयले हामिलाई बताए।

 

लामो समय देखि हिल्डुल गर्न न सक्ने भएकोले रेलि माया सयाङ्बोले वडाअध्यक्ष कार्किलाई ह्वीलचेयरको आफुलाई धेरै आवश्यकता भएको भने पछि शुक्रबार वडाध्यक्ष तारा बहादुर कार्की पालिकाको कार्यालय पुगेर मोटरसाईललमा लोड गरेर वृद्ध महिलाको घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गरे पछि ती महिला असाध्य नै खुशी भएकि थिईन।

 

 

वडाअध्यक्ष तारा बहादुर कार्कीले पहिला देखि नै वृद्ध ,वृद्धाहरुको घरमै पुगेर आफ्नो तर्फ बाट आफुले पाएको तलब र भत्ता बाट आर्थिक सहयोग गरदै आईरहनु भएको छ।ह्वीलचेयर आफै वृद्ध महिलाको घर लिएर गए पछि अहिले वडा अध्यक्ष कार्किको सर्वत्र चर्चानै चर्चा भईरहेको छ।

 

ह्वीलचेयर हस्तान्तरण गर्दै वडाध्यक्ष कार्किले फजुल खर्चमा भन्दा सामाजिक कार्यमा भावनात्मक तथा रचनात्मक रुपमा प्रेरित गर्नुपर्ने बताए ।आफ्नो वडालाई पूर्ण बिकशीत बनाउने अभियान लगायतका कार्यहरुलाई अघि बढाएका वडाध्यक्ष कार्किले आफ्नो सरकारी सेवा सुविधा सामाजिक क्षेत्रमा प्रयोग गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस