आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा भारतीय तिर्थ यात्री बोकेको बस दुर्घटना हुँदा ७ जना को मृत्यु

अखिलेश कुमार यादव २०८० भाद्र ७, बिहिबार (८ महिना अघि) १३१ पाठक संख्या

बारा : भारतीय तीर्थ यात्री बोकेको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २२ चुरियामाई नजिकै दुर्घटना भएकाे छ । उक्त बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

 

मृत्यु हुनेमा भारत राजस्थान बस्ने बर्ष ६७ को बहादुर सिंह,राजस्थान बस्ने बर्ष ६० कि सत्यवती देवी,राजस्थान बस्ने बर्ष ७० को राजेन्द्र चतुरबेदी ,राजस्थान बस्ने बर्ष ६५ कि श्रीकान्त चतुरबेदी,राजस्थान बस्ने बर्ष ६७ कि बैजनती देवी ,राजस्थान बस्ने बर्ष ६५ कि मिरा देवी, महोत्तरीकिओ लोहारपटी नपा ५ बस्ने बर्ष ४१ का विजय लाल पण्डित रहेको बारा प्रहरीले जनाएको छ ।

 

भारतिय तीर्थयात्री बोकेको बस बिहिवार बिहान करिब ३ बजे दुर्घटना हुँदा बसमा सवार ७ जनाको मृत्यु भएको छ ।काठमाडौबाट पशुपतिनाथको दर्शन गरेर महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको सो बस दुर्घटनामा ६ भारतीय नागरिक र एकजना नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

 

चालक सहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको र दुर्घटनामा घाइते अन्य १९ यात्रुको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरिले जनाएको छ।गाडी चालकलाई प्रहरीले समातेर घटना बारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस