आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपमहानगरपालिकाको गेट अगाडी फोहर थुपारेर स्थानीयले गरे विरोध

अखिलेश कुमार यादव २०८० भाद्र २४, आईतबार (८ महिना अघि) १२६ पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरले आफ्नो नगरमा उत्पादन हुने फोहोर ब्यवस्थापन गर्न सकेको छैन जिल्लाका प्रमुख ब्यापारीक नगरका रुपमा परिचित जीतपुरसिमरा उपमहानगरपालिकामा उत्पादन भएका फोहोर ब्यवस्थापन हुन नसकेका कारण उपमहानगरका प्रमुख स्थाननै दुर्गन्धित हुदै जान थालेका छन् ।

 

 

जीतपुरसिमरा उपमहानगरपालिकाको फोहोर नियमित रुपमा नउठने गरेका कारण पानीले फोहोर कुहियर हिडदा नाक थुन्नु पर्ने अवस्था रहेको र बिभिन्न किसिमको रोग बाट ग्रसित हुने गरेको स्थानीयहरुले बताएका छन् । ५ दिन देखि फोहोर नउठेपछि स्थानियहरुले जीतपुरसिमरा उपमहानगरपालिकाको गेट अगाडीनै फोहोर थुपारेका छन् । जीतपुर बजार क्षेत्रमा ५ दिनदेखि फोहोर उठन नसकेकोले बजार फोहर तथा दुर्घन्धित भएको भन्दै आइतबार यूवाहरुले सोही फोहर उठाएर जीतपुरसिमरा उपमहानगरपालिकाको मूल गेटमा थुपारेका छन् । फोहोर व्यवस्थापन गर्न बिरगंज उपमहानगरपालिका संग सम्झौता भए पनि उपमहानगरले फोहोर व्यवस्थापन गर्न नसके पछि जीतपुरका युवाहरुले फोहोर थुपारेर बिरोध गरेको वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बताउनु भयो ।भित्रि नगर सफा भएपनि नगर भन्दा बाहिरका आसपासका क्षेत्रलाई सफा गर्न नसकेको र नगरबाट बाहिर जाने बाटोहरुको छेउछाउमा दैनिक रुपमा फालिएका फोहोरमैलाले सिमरा देखि जीतपुर र बिरगंज जाने बाटोको छेउछाउ नाकै थुनेर हिड्नु पर्ने बाध्यता रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले बजारक्षेत्रको फोहोरमैला ब्यवस्थापनको जिम्मेवारी बोकको र उपमहानगरकोे लापरवाही र ढिलासुस्तीका कारण बजार क्षेत्रमा त्यत्तिकै जथाभावी फोहोरमैला छरपस्ट रहेको छ ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाको नगरउपप्रमुख भोला प्रसाद अधिकारीले बिगत ५ दिन देखि फोहोर नउठेको स्वीकार गरेका छन् ।बिरगंज महानगरपालिका संग फोहोर व्यवस्थापन केन्द्रमा रहेको मेसिन खराब भएको कारण फोहोर नउठेको उहाँले बताउनु भयो । भदौं ५ गते जीतपुरसिमरा उपमहानगरपालिकाले पर्साको बिरगंज महानगरपालिका संग उपमहानगरमा उत्पादन हुने फोहोर व्यवस्थापनको लागि सम्झौता गरेको थियो तर त्यो सम्झौता भए पनि अहिले सम्म जीतपुरसिमरा उपमहानगरपालिका भित्र फोहोर व्यवस्थापन हुन् सकेको छैन ।जीतपुरसिमरा उपमहानगरले आ.व .२०८०/०८१ को लागि प्रती मेट्रीक टन फोहर ल्यान्ड फिल साईटमा विसर्जन गरे बापत एक हजार छ सय पचास रुपैयाँ मुल्य अभिवृद्धि कर बाहेक वीरगञ्ज महानगरपालिकाको राजस्व खातामा मासिक रुपमा दाखिला गर्नु पर्ने सम्झौता भएको भए पनि जीतपुरसिमरा उपमहानगरपालिकाको फोहोर अझै व्यवस्थापन हुन् सकेको छैन ।

प्रतिक्रिया दिनुहोस