आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नगौलका २० अति बिपन्न दलित परिवारलाई सुबिधा समपन्न घर हस्तान्तरण

अखिलेश कुमार यादव २०८० आश्विन १२, शुक्रबार (७ महिना अघि) १३३ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ नगौलाका अति विपन्न दलितहरुले नगद १० हजार रुपैयाँ सहित निःशुल्क आवास(घर) पाए पछि निकै खुशी भएका छन् ।आफ्नो घर बनाउन सक्ने आर्थिक हैसियत नभएका यस्ता अति विपन्न दलितहरुका लागि निःशुल्क आवासको व्यवस्थापन प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले गर्दिएको छ । यी संस्थाले आफुहरु जस्ता गरिब विपन्नको आफ्नै घरको सपना साकार पारि दिएकोमा स्थानिय दलित विपन्नहरु निकै खुशि व्यक्त गरेका छन् ।‘हामी जस्ता गरिवले यस्तो घरमा बस्नु पाउने कुरा कल्पना समेत गरेको थिएन’, स्थानीय रामचन्द्र मण्डलले भने, ‘गरिवको पनि भगवान भएर कोहि आउँदा धेरै खुशी लागेको छ ।’ बर्खामा हावा पानी र हिउदामा ठण्डीले पिरोलिएको तितो भोगाई सुनाउँदै उनले भने आफ्नै सुरक्षित आवस पाएपछी दंग परेको छु, अब हवा–हुरी, बर्षा–बाढी र शितलहरमा ढुक्क भएर बस्न सक्ने अवस्था छ । जीतपुरसिमरा उपमहानगरपालिका ६ नगौलमा २० जना दलितको लागि निर्माण गरिएको घर शुक्रबार प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिको अध्यक्ष राजि राना र मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले संयुक्त रुपमा दलित समुदायका २० जनालाई हस्तान्तरण गरेको  छ । २० जना अति बिपन्न दलितहरुको लागि निर्माण गरिएको प्रत्येक घरमा भान्सा कोठा शौचालयसहित खानेपानी, बिजुली जडान गरिएको छ ।मधेश प्रदेश सरकारले जनता आवाश कार्यक्रम अन्तर्गत दलितको लागि घर बनाउने कार्यक्रम ल्याए पनि त्यो प्रभावकारी नदेखिए पछि प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले आफ्नो निजि लगानीमा जीतपुरसिमरा ६ नागौलका २० जना अति बिपन्न घर बनाएर नगद १० हजार रकम सहित हस्तान्तरन गरेको छ । बर्षाको समयमा घर न भएर बर्षामा खुला आकाशमा बस्दै आएको र बर्षा सके पछि मात्र सुत्ने गरेको समस्या अब देखि समधान भए पछि दलितहरु खुसि भएका छन् ।दलितहरूका लागि प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले ७ कठा १२ धुर जमिन किनेर प्रत्येक घर २२ देखि २५ लाखको लागतमा वडाको पहलमा सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ६ का वडा अध्यक्ष कैमुदीन अन्सारीले बताए । मधेश प्रदेश सरकारले जनता आवाश कार्यक्रम ल्याए पनि त्यसमा मधेशको अधिकांश दलित समुदायले घर पाउन सकेको छैन ।प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले मधेश प्रदेशमा अति बिपन्न रहेका दलितहरुको लागि अझै घर निर्मामको प्रक्रिया अगाडी बढाएको समेत जनाएको छ ।प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले पहिला देखी नै नेपालको अति बिपन्न दलित समुदायको घर निर्माण देखि लिएर मठ मन्दिर निर्माण जस्ता सामाजिक कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस