आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमराले सरुवा गरेको शिक्षकलाई हाजिर हुन बाट रोक्दै बिद्यालय र जनप्रतिनिधि

अखिलेश कुमार यादव २०८० आश्विन १४, आईतबार (७ महिना अघि) १३० पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका हालसालै आफ्नो उपमहानगर क्षेत्र भित्रका शिक्षकलाई सरुवा गरेको प्रसंग न सेलाउदै अब शिक्षकलाई हाजिर हुन् बाट रोक लगाएको प्रशंग अहिले सामाजिक संजालमा निकै भाईरल भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले सरुवा गरेको कति पै शिक्षक रवाना पत्र लिएर सरुवा भएको बिद्यालयमा पुगेका छन् भने कतिपै शिक्षकलाई वडा अध्यक्षहरुले नै हाजिर हुन् बाट रोकेको छ ।यता जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षकलाई सरुवा गरेको बिषयलाई लिएर केहि शिक्षकहरु उपमहानगरले गरेको सरुवा प्रति आक्रोशित समेत भएको थियो ।

 

 

बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा कार्यरत रहेका ब्रहमदेव पासवानको सरुवा हरपुर गरियो र उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहाँ कार्यरत बिद्यालयले उहाँ संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउँ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर र कुनै राजनीतिक पहुच न भएकोले उहाँ उपमहानगरले सरूवा गरेको बिधालय पुग्नु भयो । तर हरपुर बिधालयले उहाँलाई हाजिर गर्न दिएन ।

 

हरपुर बिद्यालयमा हाजिर हुन् न दिए पछि शिक्षक ब्रहमदेव पासवानले उपमहानगरको कार्यालयमा निबेदन समेत दिनु भयो तर उपमहानगरले त्यो निबेदन माथि केहि सुनुवाई गरेन बिगत एक महिनादेखि उहाले हाजिर गर्ने ठाउँ पाउनु भएन, आफ्नो बिद्यालयले रमाना दियो,उहाका ठाउमा अर्कोलाई नियुक्त गरियो, जहा पठाएको त्यहा हाजिर गर्न नदिएपछि शिक्षक ब्रहमदेव पासवान चिन्तित भए ।शिक्षक ब्रहमदेव पासवानको सरुवा बिषयलाई लिएर सामाजिक संजाल ताते पछि जीतपुरसिमरा उपमहानगरका मेयर राजन पौडेलले शिक्षक ब्रहमदेव पासवानलाई उपमहानगरको कार्यालयमा हाजिरी गराउने सामाजिक संजाल मार्फत सबैमा जानकारी गराउनु भयो ।

 

उपमहानगरले सरुवा गरेको शिक्षकलाई हाजिर हुन् न दिने बिद्यालय, जनप्रतिनिधिलाई कारवाही गर्नु को सट्टा मेयर राजन पौडेलले यसरी नै हाजिर हुन् न दिने शिक्षकलाई उपमहानगरमै हाजिरी गराएर तलब दिने हो भने बिद्यार्थीलाई कसले पढाउने हो भनेर स्थानीयले सामाजीक संजाल मार्फतनै मेयर पौडेल संग प्रशन समेत गर्न थालेको छ । शिक्षक ब्रहमदेव ठाकुरको अब को २ बर्षमा उमेरहदका कारण अनिवार्य अवकाश हुने छ ।

 

उहाँ बिगत ४१ बर्ष देखि एउतै बिद्यालयमा अध्यापन गराउदै आउनु भएको थियो उहाँ आर्थिक स्थितिमा एक दमै कम्जोर हुनुको साथै उहाँ शारीरिक रुपमा पनि अलि कम्जोर हुनुहुन्छ ।राजनीतिक पहुँच न भएको कारण नै ब्रहमदेव पासवानले आफुले रोजेको बिद्यालयमा सरुवा गराउन सक्नु भएन र पछि उहाँलाई लिएर सामाजिक संजाल ताते पछि उपमहानगरको ध्यान आकर्षण हुनु शिक्षकको लागि चिन्ताको बिषय बनेको केहि शिक्षकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस