आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिकाको बेथिति बारे बोल्ने कर्मचारी संग उपमहानगरले सोध्यो स्पष्टिकरण

अखिलेश कुमार यादव २०८० मंसिर ७, बिहिबार (५ महिना अघि) १२९ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बेथिति बारे अहिले उपमहानगरमै कार्यरत कर्मचारीहरु बोल्न डराई रहेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टरको बेथिति बारे बोलेको कर्मचारीलाई उपमहानगरले स्पष्टिकरण पत्र थमाए पछि अहिले उपमहानगरको कर्मचारीमा त्रास उतपन्न भएको छ ।

 

जीतपुर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको अभावको कारण स्वास्थ्य सेवा लथालिङ्ग भएको अभियक्ति दिएका कर्मचारी सिअहेव प्रबीन कुमार झा संग उपमहानगरको कार्यालयले स्पष्टिकरण सोधेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकामा भईरहेको बेथितिको बारेमा अवाज उठाएको कर्मचारीलाई जीतपुरसिमरा उपमहानगरपालिकाले स्पष्टिकरण सोधे पछि अहिले कर्मचारीहरु त्रसित भएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको बेथितिको बारेमा समाचार सम्प्रेषण गर्ने अनलाईन न्युज पोर्टल माथि समेत अहिले जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले उजुरी दिएको समेत बाहिरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा भईरहेको बेथितिको बारेमा अवाज उठाउने कर्मचारी तथा अनलाईन न्युज पोर्टल माथि नै अहिले उपमहानगरको कार्यालय लागि परे पछि आज भोलि जीतपुरसिमरा उपमहानगरपालिकाको बेथिति बारे समाचार समप्रेषण गर्न समेत मिडियाहरुले छोडेको छ ।

 

कुनै पनि कार्यालयमा भईरहेको बेथितिको बारेमा अवाज उठाउनु सबै नागरिकको अधिकार भए पनि त्यस्ता अधिकार बाट जीतपुरसिमरा उपमहानगरपालिकाले बन्चित राख्ने उदेश्यका साथ् अहिले कर्मचारी संग स्पष्टिकरण सोधेको कुराले प्रष्ट भएको छ ।स्पष्टिकरण सोधे पछि कोई कर्मचारी न बोल्ने र अनलाईन न्युज पोर्टल माथि उजुरी दिए पछि कुनै मिडियाले समाचार सम्प्रेषण न गर्ने सोचले नै जीतपुरसिमरा उपमहानगरपालिकाले यो जुक्ति अपनाएको बुझिएको छ ।मेयर राजन पौडेल निर्वाचित भए संगै जीतपुरसिमरा उपमहानगरपालिका आलोचित हुदै आएको छ ।फोहोर व्यवस्थापन गर्न न सकेको उपमहानगरले कुन दिन फोहोरको बारेमा अवाज उठाउने माथि समेत उजुरी दिने भनेर अहिले स्थानीय बासि समेत त्रसित बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस