आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराकी महिलाले एकैपटक जन्माईन तिम्ल्याहा सन्तान

अखिलेश कुमार यादव २०८० मंसिर २५, सोमबार (४ महिना अघि) १६० पाठक संख्या

बारा : बारा जिल्लामा एक महिलाले एकै पटकमा तीन जना सन्तानलाई जन्म दिएकी छन् ।जिल्लाको कलैया उपमहानगरपालिकाको वडा न १६ मझौलिया निवासी संखु रामको पत्नी २० बर्षिय  मिन्कु देवी रामले एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन् ।

 

उनले श्रीराम अस्पताल बिरगंजमा आइतबार दुई जना छोरा र एक जना छोरीलाई जन्म दिएकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.दिप्ती यादबले बताईन । प्रशव पीडाले च्यापेर वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा भर्ना भएकी मिन्कु देवीको शल्यक्रिया मार्फत तीन सन्तान निकालिएको हो । शल्यकृया मार्फत जन्मेका तीनै जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्त्री रोग विशेषज्ञ डा.यादबले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस