आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरिया भन्ने रिजवाना खातुन पर्सा प्रहरीको नियन्त्रणमा

एपी खबर २०८० पौष ५, बिहिबार (४ महिना अघि) ७०९० पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ को जनकपुरिया भन्ने रिजवाना खातुनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।पर्सा प्रहरीले जनकपुरिया भन्ने रिजवाना खातुनलाई ठगी मुद्दामा पक्राउ गरेको पर्साका एसपी कोमल शाहिले बताए ।

 

उच्च अदालत जनकपुर बाट मिति २०७९ फागुन महिनाको १६ गते मा भएको फैसलामा न्याय प्रशासन ऐन २०७३ को दफा १२ को अवस्था विद्यमान नरहेको देखिँदा मुद्दा  दोहराई हेर्ने अनुमती प्रदान गर्न मिलेन भनेर उच्च अदालतको अस्थायी ईजलास बिरगंजले फैसला गरे पछि रिजवाना खातुनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पहिलाको मुद्दा  हेर्न न मिल्ने भए पछि पर्सा प्रहरीले उनलाई आज पक्राउ गरेको छ।

 

 

जनकपुरिया भन्ने रिजवाना खातुनको केही हप्ता पहिला करवाहिको माग गर्दै स्थानियहरुले जीतपुरमा चक्का जाम गरेर बिरोध प्रदर्शन समेत गरेको थियो ।उनले जीतपुरको मदरसा टोलका स्थानियहरु माथी झुठो आरोप लगाएर मुद्दा  दर्ता गराएर त्रसित बनाउने कार्य समेत गर्दै आएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस