आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नगर उधोग बाणिज्य संघको काम प्रति व्यवसायीहरु असन्तुष्ट

अखिलेश कुमार यादव २०८० पौष ६, शुक्रबार (४ महिना अघि) ४०१ पाठक संख्या

बारा : जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको काम प्रति व्यवसायीहरुलेहरुले असन्तुष्टि जनाएको छ ।जीतपुरसिमरा नगर उधोग बाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीहरुले ब्यापारीहरुको हक हितको लागि केहि गर्न न सके पछि नगरउधोग बाणिज्य संघमा आबद्ध रहेका व्यवसायीहरु असन्तुष्ट बन्दै गएको छ ।

 

निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग बाणिज्य संघ मानिन्छ । यस संस्थाले उद्योगी , व्यापारी र व्यवसायीहरुको हक हित र सम्बर्धन तथा संरक्षण का लागि काम गर्दछ । यो संस्था केन्द्रदेखि जिल्लास्थित सबै राजनीतिक दल, सरकारी कार्यालयहरु, उद्योगपति, व्यवसायी र व्यापारी लगायत सम्पूर्ण जनतासँग सुमधुर सम्बन्ध कायम राख्ने सरकारको एक बलिगो साझेदारी नीजि क्षेत्रको नेतृत्वदायी भुमिका निभाउने संस्था हो । यो संस्था आपत विपतको समयमा जनतालाई सहयोग गरी भद्र भुमिका निभाउने संस्था पनि हो ।तर जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले उधोग बाणिज्य संघको नीति नियममा भए अनुसार कार्य जीतपुरसिमरा उपमहानगरपालिकामा कति गरेको पाईएको छैन ।

 

जीतपुरसिमरा नगरउधोग बाणिज्य संघको काम प्रति व्यवसायी मात्र होईन जीतपुरसिमरा नगरउधोग बाणिज्य संघको पदाधिकारीनै असन्तुष्ट बन्दै गएको छ ।जीतपुरसिमरा नगरउधोग बाणिज्य संघको केहि पदाधिकारीले नगरउधोग बाणिज्य संघको हक हितको लागि काम गर्न छोडेर आफ्नो हक हितको लागि मात्र काम गर्ने गरेको समेत पाईएको छ । जिल्लाको उद्योग बाणिज्य संघको गति भने उस्ताको उस्तै रहनु भनेको नेतृत्वको कमजोरीको कारणले नै हो भन्ने गुनासो जनमानसमा आईराखेको छ ।जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ यस्तो सम्मानित संस्था हो कि जसले प्रत्यक्ष रुपमा जनता, उपभोक्ता, उद्योगी, व्यापारी र सरकार सम्म सरोकार राख्छ तर पधाधिकारीहरुमा नै कुरा न मिले पछि अहिले पदाधिकारीहरु समेत नगर उधोग बाणिज्य संघको काम प्रति असन्तुष्ट बन्दै गएको छ ।

 

जीतपुरसिमरा नगरउधोग बाणिज्य संघमा आफ्नो व्यवसाय दर्ता गराए बापत व्यवसायीहरुले समयमा कर तिर्ने गरेको भए पनि जीतपुरसिमरा नगरउधोग बाणिज्य संघले अहिले सम्म जीतपुरसिमरा उपमहानगरपालिकाको व्यवसायीहरुको लागि के गरेको हो भनेर व्यवसायीहरुले प्रश्न समेत गर्न थालेको छ ।जीतपुरसिमरा नगरउधोग बाणिज्य संघ अध्यक्ष महासचिवले व्यवसायीहरुको दुखमा मात्र मल्हम लगाउने बाहेक अरु केहि गर्न न सकेको व्यवसायीहरुले बताएको छ ।

 

नगरउधोग बाणिज्य संघका पदाधिकारीहरुले व्यवसायीको हक हितको लागि कम गर्नु भन्दा बढी सामाजिक संजालमा आफ्नो प्रचारबाजी बढी गर्ने गरेको पाईएको छ ।व्यवसायी संगनै उधारो समान लिएर जीतपुरसिमरा नगरउधोग बाणिज्य संघले आफ्नो भवन निर्माण गरेको तर जुन व्यवसायी संग समान लिएर काम गरेको छ त्यसको २ बर्ष हुन् लाग्दा समेत व्यवसायीलाई समान खरिद गरे बापत अझै जीतपुरसिमरा नगरउधोग बाणिज्य संघले रकम दिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस