आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छाडा चौपाया ब्यवस्थापनमा निरीह बन्दै जीतपुरसिमरा स्थानीय सरकार

अखिलेश कुमार यादव २०८० पौष १२, बिहिबार (४ महिना अघि) २६४ पाठक संख्या

बारा : दूध खानका लागि गाईभैँसी पालिन्छ । दूध दिन छोडेपछि थारा भैँसी मासु व्यवसायीलाई बिक्रीवितरण गरिन्छ । काटेर मासु बेच्ने तथा विभिन्न ममः रेस्टुराँहरूमा किमा बनाइन्छ । तर थारा, बेत बसेका वा दूध दिन छोडेका र बिरामी गाईगोरु चाहिँ बेवारिसे अवस्थामा छोडिदिने चलन बढेको छ । यसले गर्दा सडकमा छाडा गाईवस्तु प्रशस्तै भेटिन्छन् । यस्ता पशु अनियन्त्रित रूपमा सडकमा छाडिँदा सडक अव्यवस्थित भएका छन् र दुर्घटनाको जोखिम पनि त्यत्तिकै बढेको छ ।

 

 

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले अहिले सम्म आफ्नो नगरमा छाडा चौपायालाई नियन्त्रण गर्न सकेको छैन।पर्यटकको ठूलो गन्तव्य बोकेका जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकान्श बाटोमा जताततै छाडा चौपायाहरु देखिने गरेको छ।छाडा चौपाया मुख्य जीतपुरसिमराको जीतपुर सडकमा ,पथलैया र नितनपुरमा देखिने गरेको छ  ।

 

 

सडकमा छाडिएका यस्ता गाई वस्तुहरूबाट मानव समाज नै विभिन्न रोगहरूबाट ग्रसित हुने सम्भावना हुन्छ । यसबाट टीबी, भ्यागुते, नाम्ले, खोरेत, मेनिन्जाइटिस, इन्सेफालाइटिस जस्ता खतरनाक रोग लाग्ने गरेको भए पनि जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो नगर भित्र छाडा चौपायालाई नियन्त्रण गर्न सकेको छैन जसले जनप्रतिनिधि होईन सर्वसाधारणलाई जोखिम बढेको छ।

 

सहर बजारका पसले, सडकमा गुड्ने गाडीदेखि ग्रामीण बस्तीका किसानसम्मलाई छाडा चौपायाले हैरान बनाएका छन् । अधिकार सम्पन्न स्थानीय सरकार बनेको ७ वर्ष हुन लाग्दा पनि बजार, सडक, गाउँबस्ती, खेतबारी जताततै भेटिने छाडा चौपायाका कारण विभिन्न समस्या तथा दुर्घटना खेप्नुपर्ने बाध्यता छ ।हुलका हुल छाडा चौपाया सडकमा हुने गरेकाले रातको समयमा बढी दुर्घटना हुने गरेको छ । छाडा चौपायाका कारण किसानका अन्नबाली नोक्सान हुने, सडकमा दुर्घटना बढ्नुका साथै बजार फोहोर तथा अव्यस्थित हुने गरेको भए पनि जीतपुरसिमरा उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणमा चासो समेत देखाएको छैन।

 

जीतपुर पथलैया सडक खण्डमा दैनिक लाखौं गाडी गुड्ने गरेको छ छाडा चौपायाको कारण दुर्घटनाको जोखिम पनि उतिकै बढेको छ तर उपमहानगरले यस्ता हेरेर पनि न हेरेको जसो गर्ने गरेको पाईएको छ।

प्रतिक्रिया दिनुहोस