आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरका पासवान जातिका कुलदेवता सल्हेस बाबाको मन्दिरको संरक्षण कस्ले गर्ने

अखिलेश कुमार यादव २०८० माघ ६, शनिबार (३ महिना अघि) २५३ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको सल्हेस बाबाको मन्दिर कब्जा गरिएको पाईएको छ ।जीतपुरका पासवान जातिहरुले करिब ८० बर्ष देखि पूजा गर्दै आईरहेको मन्दिर एक जनाले कब्जा गरेपछि अहिले पासवान जाति चिन्तित बनेको छ । आफ्नो बाजेको बेला देखि नै आफुहरुले कुलदेवता सल्हेस बाबाको मन्दिरमा पूजा गर्दै आएको तर एकासी अरुले आएर सल्हेस बाबाको मन्दिर निजि भएको दाबि गरे पछि पासवान जाति अहिले चिन्तित बनेको छ ।आफ्नो कुलदेवतालाई संरक्षण गर्नको लागि जीतपुरका पासवान जातिहरुले जीतपुरसिमरा उपमहानगर देखि लिएर वडालाई समेत जानकारी गराएको तर समबन्धित निकायले पहल नगरेको महेन्द्र पासवानले बताए ।

 

बर्षौ देखि पासवान जातिले पूजा गर्दै आएको मन्दिर कसैको निजि न भएर सार्वजनिक रहेकोले यस मन्दिरलाई संरक्षण गर्नु जरुरि रहेको समेत पासवानले बताए । जीतपुरमा करिब १४ सय पासवान जातिको बासोबास रहेको र पासवान जातिहरुले आफ्नो कुल देवताको रुपमा सल्हेस बाबाको पूजा गर्दै आइरहेको छ ।तर मन्दिर माथिनै एक जनाले आफ्नो गिद्धे नजर लगाए पछि आफुअरु कहाँ पूजा गर्ने भनेर पासवान जातिले प्रश्न समेत गर्न थालेको छ ।पासवान जातिले सल्हेस बाबाको मन्दिर बचाउनको लागि सल्हेस बाबाको मन्दिर संरक्षण अभियानको नै सुरुवात गरेर मन्दिर बचाउनमा लागिपरेको छ ।शनिवार जीतपुरका दलित पासवान जातिले सल्हेस बाबाको मन्दिर संरक्षणको लागि जीतपुरमा नगर परिक्रमा गर्दै बिरोध प्रदर्शन गरेको छ ।भूमाफिया मुर्दावाद ,सल्हेस बाबाको मन्दिर घेर्न मिल्दैन ,सल्हेस बाबाको मन्दिर पुन निर्माण गर्ने जस्ता नारा लगाउदै बिरोध प्रदर्शन गरेको छ ।


सल्हेस बाबाको मन्दिर संरक्षण अभियानको संयोजक चन्देश्वर पासवानले आफुहरुले पटक पटक समबन्धित निकायमा मन्दिर संरक्षणको लागि खबरदारी गरे पनि अहिले सम्म मन्दिर संरक्षण गर्नको लागि कुनै पहल नभएको बताएको छ ।त्यस्तै उनले आफुहरुले मन्दिर संरक्षणको लागि पुरै नेपालको दलित मिलेर क्रान्तिकारी आन्दोलन गर्ने र आफ्नो ज्यान गए पनि मन्दिर कसैलाई नदिने बताए । पासवान जातिले उक्त मन्दिरमा पूजा गर्न जादा कुटपिट समेत गर्ने गरेको आरोप लगाएको छ ।


सल्हेस बाबा मन्दिरको छेउमा घर भएको नवल किशोर साहले सल्हेस बाबाको मन्दिर अतिक्रम गरेर पर्खाल लगाउन लागेको पासवान जातिहरुले बताएको छ ।मन्दिरको जग्गा छोड्न पासवान जातिले बारम्बार साह संग आग्रह गर्दा साहले आफुले उक्त जग्गा किनेकोले कुनै पनि हालतमा न छोड्ने अडान लिए पछि अहिले पासवान जातिहरु आन्दोलित बनेको छ ।नवलकिशोर साह संग उक्त जग्गाको लालपूर्जा मांग गर्दा उनले देखाउन मानेन ।बारामा बढी सार्वजनिक जग्गा रहेकोले यहाँ भूमाफियाहरुले सार्वजनिक जग्गामा आफ्नो गिद्धे नजर लगाएर निजीकरण गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस