आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गणपति वनस्पती उधोगमा श्रमिकहरुको हड्ताल,उधोगको उत्पादन बन्द

अखिलेश कुमार यादव २०८० फागुन ३, बिहिबार (२ महिना अघि) २०३ पाठक संख्या

बारा : जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका -३ बजनीमा रहेको गणपति वनस्पती उधोग प्रालिमा श्रमिक र उधोगको बिचको विवाद उग्र रुप लिएको छ ।उधोगमा कार्यरत श्रमिकहरुले उधोग परिसर भित्र हडताल गरे पछि अहिले उधोग नै बन्द भएको छ ।गणपति वनस्पती उधोगले ५० जना स्थायी श्रमिक कटौती गर्ने सुचना निकाले पछि अहिले त्यहाँ कार्यरत श्रमिकहरु बिचलित भएका छन् ।माघ २३ गते उधोगले आर्थिक मन्दीको बहाना देखाएर ५० जना श्रमिकको नाम तोकेर नै सुचना निकाले पछि गणपति वनस्पती उधोगमा कार्यरत ८९ जना स्थायी श्रमिकहरु उधोगको काम बन्द गरेर अहिले दिनभरि उधोगको परिसरमा बसेर हड्ताल गरिरहेको छ ।

 

विगत २५ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आइरहेको कामदारलाई एकैपटक निकाल्ने सूचना जारी गरेपछि अहिले गणपति वनस्पती उद्योगमा कार्यरत कामदारहरु घर न घाटको भएका छन् । उद्योगमै काम गरेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको र आफूहरुलाई गणपति वनस्पती उद्योगले आर्थिकमन्दीको बहाना देखाएर कामबाट निकाल्नु दुखद् रहेको उक्त उद्योगमा कार्यरत कामदार प्रधुमन प्रसाद चौरसियाले बताए । गणपति वनस्पति उद्योगले आर्थिकमन्दीको बहाना बनाएर पहिला देखिने स्थायी रुपमा कार्यरत कामदारलाई जगेडामा राखेर काम गराइरहेको थियो । माघ २३ गते ५० जनाको नामसहित सूचना जारी गरेर कामबाट कटौती गर्ने जनाएको थियो । उद्योगको लागि २५ वर्षदेखि काम गरिरहेको र अहिले उद्योगले आर्थिकमन्दीको बहाना देखाएर आफूहरुलाई निकाल्न लागेको कामदार युवराज पराजुलीले बताए ।

 

उक्त उधोगमा कार्यर रहेका श्रमिकहरुले श्रमिक कटौती गर्न पाउदैन,कटौती गर्न लागेको श्रमिकलाई पूर्ण बहाली गर लगाएतको नारा लगाउदैं अहिले दैनिक रुपमा उधोग परिसर भित्र बिरोध प्रदर्सन गरिरहेका छन् । विगतका वर्षदेखि नै बढ्दो बजार प्रतिस्पर्धा गर्न नसकेबाट उत्पादित तेलहरू भारत निकासी हुँदै आएकोमा भारतले तेलको आयातमा एक्साइज डिउटी बढाएकोबाट निर्यात ठप्प नै हुन गएको र उत्पादन गर्नुपर्ने अवस्था नभएको स्थीतिमा पनि श्रमिकहरुलाई काम बिना पूरा पारिश्रमिक भुक्तानी गर्दै आएको अवस्थाले आर्थिकभार वहन गर्न नसक्ने अवस्था भएकोले कामदार कटौती गर्न लागेको उद्योगका प्रशासन शाखा प्रमुख दिनेश चन्द्र गिरीले बताए । उहाँले आफुहरुले श्रमिकहरुलाई वार्ता माध्यम बाट बोलाएर समस्याको समाधानमा लागिपरेको समेत बताउनु भयो ।

श्रमिकहरुलाई आइतबार उधोगले श्रम कार्यालय बिरगंजमा वार्ताको लागि बोलाएको र आफुहरु वार्ताको लागि ५ बजे श्रमिक कार्यालय बिरगंजमा पुगेको तर उधोगको तर्फ बाट कोहि वार्तामा नआएको श्रमिक युवराज पराजुलीले बताए । श्रमिकहरुको हडतालको कारण गणपति वनस्पती उधोगले उत्पादन गर्दै आएको तोरीको तेल बन्द भएको कारण उधोगलाई करोडौं बाराबारको क्षति भएको छ । माघ २६ गते देखि नै ८९ जना कामदारले काम छोडेर उधोग परिसर भित्र हड्ताल गर्दै आईरहेको छ । श्रम ऐन २०७४ मा कामदार कटौती गर्नुपर्ने अवस्थामा विदेशी श्रमिकलाई पहिले कटौती गर्नुपर्ने उल्लेख भए पनि उधोगले बिदेशी कामदारको कटौती नगरेर नेपालकै कामदारलाई कटौती गरेको श्रमिकहरु बताउछन ।

 

प्रतिक्रिया दिनुहोस