आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरले पहिलो पटक मनायो आफ्नो स्थापना दिवस

अखिलेश कुमार यादव २०८० फागुन २७, आईतबार (१ महिना अघि) १९७ पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो ८ औं स्थापना दिवस मनाएको छ । विशेष समारोहको आयोजना गरेर आईतबार स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिका स्थापना भएको ७ बर्ष पछि उपमहानगरले पहिलो पटक स्थापना दिवस मनाएको छ । नेपाल सरकारको कृषि तथा पशुपंक्षी बिकास मन्त्री ज्वाला कुमारी साहले पानसमा बती बालेर जीतपुरसिमरा उपमहानगरपालिकाको ८ औं स्थापना दिवसको उद्घाटन गर्नुभएको थियो । जीतपुरसिमरा उपमहानगरले आफ्नो ८ औं स्थापना दिवसको अवसर पारेर उपमहानगर भित्र रहेका ११४ बर्षिय ज्येष्ठ महिला नागरिक चित्र देवी गुरुङ र ज्येष्ठ पुरुष नागरिक मंगल राय थारुलाई सम्मान गरेको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाको ८ औं स्थापना दिवस कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी बिकास मन्त्री ज्वाला कुमारी साहले आफु मन्त्रालयको जिम्मेवारी समाहाले देखिनै मेरो पहिलो प्राथमिकता लम्की स्कीन रोग बाट मरेको पशुहरुको बिमा प्रक्रिया अगाडी बढाउने र दुग्ध किसानहरुले लामो समय देखि दुधको पैसा नपाएकोले आफुले अर्थ मन्त्रालय बाट बजेटको मांग गरेको र बजेट उपलब्ध हुने बितिकै दुग्ध किसानहरुको समस्या समधान हुने बताईन ।त्यस्तै उनले जीतपुरसिमरा उपमहानगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा समानित हुने सबैलाई बधाई समेत ज्ञापन गरेकी थिइन् ।जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो ८ औं स्थापना दिवसको अवसर पारेर उपमहानगर भित्र कार्यरत रहेका कर्मचारी लक्ष्मी लामा ,रमेश चौधरी सहित ३ जनालाई जनही २० हजार नगद सहित सम्मान समेत गरेको छ ।८ औं स्थापना दिवसको अवसरमा बोल्दै नगर प्रमुख राजन पौडेलले पहि पटक उपमहानगरले आफ्नो स्थापना दिवस मनाउदा व्यवस्थापकमा कमीकमजोरी भएकोले आगामी दिनमा यसलाई व्यवस्थित बनाउदै लैजाने बताए ।उनले ऐतिहासिक, औद्योगिक र पर्यटकीय नगर जीतपुरसिमरालाई समृद्ध बनाउनका लागि सबैको साथ, सहयोग जरुरी रहेको बताए ।जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले जीतपुरसिमरालाई प्रयात्कीय क्षेत्रमा अगाडी बढाउनमा उपमहानगर लागिपरेकोले यसमा सबैको साथको आवश्यकता रहेको बताए ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारि,प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद २४ वटै वडाका वडाध्यक्षहरु उपमहानगरका कर्मचारीहरु लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस