आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय युवा क्रिकेटर पृथ्वी श ८ महिनाका लागि निलम्बित

AuthorAP Khabar२०७६ श्रावण १५, बुधबार (४ साल अघि) ४१८ पाठक संख्या

श्रावन १५ एजेन्सी  : भारतीय युवा क्रिकेटर पृथ्वी श ८ महिनाका लागि निलम्बनमा परेका छन्। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै युवा ब्याट्सम्यान शले प्रतिबन्धित पदार्थ प्रयोग गरेका कारण ८ महिनाको लागि निलम्बित गरेको जनाएको छ।

श प्रतिबन्धित पदार्थ सेवन गरेका कारण डोपिङ परिक्षणमा असफल भएका हुन्। उनले सेवन गरेको पदार्थ औषधिमा पाइने गरेको बीसीसीआईले जनाएको छ। सन् २०१९ को फेब्रअरी २२ मा शैयद मुस्ताक अली टी–२० खेलको दौरान शले आफ्नो नमुना परिक्षण गरेका थिए। जसमा प्रतिबन्धित पदार्थको अंश भेटिएको थियो।

शले समेत आफुमाथि लागेको आरोपको स्विकार गरेका छन्। तर, उनले आफूले नजानेर सो पदार्थ सेवन गरेको जवाफ दिएका छन्। बीसीसीआईले शको बयानपछि उनलाई नोभेम्बर १५ सम्म निलम्बन गर्ने निर्णय गरेको हो। उनले भारतबाट अन्तिम पटक वेस्ट इन्डिजविरुद्व टेष्ट खेल हैदराबादमा खेलेका थिए।

उनले अहिलेसम्म भारतका लागि २ टेष्ट खेलेका छन्। यू–१९ टोलीका पूर्व कप्तान समेत रहेका १९ वर्षीय शले ३ टेष्ट इनिङमा समान १ शतक र अर्धशतकसहित कुल २ सय ३७ रन जोडेका छन्। श को कप्तानीमा भारतको यू–१९ टोलीले अघिल्लो वर्ष विश्वकप जितेको थियो।

प्रतिक्रिया दिनुहोस