आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली केटो शास्वत बने विश्व पन्ना च्याम्पियनसिपमा तेस्रो

AuthorAP Khabar२०७६ भाद्र ३, मंगलबार (४ साल अघि) ४१३ पाठक संख्या

चितवन, भदौं ३ : नेपाली १२ वर्षीय केटो शास्वत राणाले विश्व पन्ना च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेका छन् ।सडक फुटबलको रुपमा चर्चित यस प्रतियोगितामा पहिलो पटक नेपाली युवाले तेस्रो स्थान हासिल गर्न सफल भएको हो । पन्ना हाउस सडक फुटबलद्धारा प्रेरित एक साँस्कृति आन्दोलन हो ।

नेपालबाट पुगेका राणा सबैभन्दा कम उमेरका खेलाडी समेत बने । १२ वर्षीय केटाले जादू देखाउँदै प्रतियोगितामा तेस्रो स्थान कब्जा गरे । प्रतियोगितामा एक जना खेलाडीलाई आधिकारिक रुपमा ११ देशबाट खेल्न आमन्त्रण गरिएको हो । उनलाई डेनमार्कबाट प्रतियोगितामा आमन्त्रण गरिए पनि नेपालको प्रतिनिधित्व गर्दै पुगेका थिए । उनले १५ वर्षीय बेल्जियमका खेलाडीलाई हराउँदै तेस्रो स्थान कब्जा गरेका हुन् । उनी प्रतियोगितामा क्रेजी नेपाली ब्वाईको नाममा परिचित थिए ।

विवेक राणा सुशीला हमालका छोरा शाश्वत डेनमार्कको बोल्डक्लबमा आधिकारिक रूपमा फुटबल खेल्दै आइरहेका छन् । यो क्लव डेनमार्कको उत्कृष्ट क्लव भित्र पर्दछ ।
नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस