आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बूढासुब्बा गोल्डकप कोलकोत्तालाई पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा प्रवेश

AuthorAP Khabar२०७६ फागुन १३, मंगलबार (४ साल अघि) ५०६ पाठक संख्या

फाल्गुन १३ काठमाडौं : २२ औं बूढासुब्बा गोल्डकप फुटबलमा सन्डे एफसी कोलकोत्तालाई पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा आज भएको खेलमा भारतको सन्डे एफसी कोलकोत्तालाई ६–१ गोल अन्तरले हराउँदै मछिन्द्र सेमिफाइनल प्रवेश गरेको हो।

मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गरे । यस्तै विशाल राईले दुई गोल गर्दा रेजिन सुब्बाले एक गोल गरे । कोलकोत्ताका सञ्जीव बौरीले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस