आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फिलिपिन्समा विमान विष्फोटमा आठ जनाको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र १७, सोमबार (४ साल अघि) ३६९ पाठक संख्या

चैत १७ एजेन्सी

फिलिपिन्सको मनिलामा बिरामी लिएर जान लागेको लायन एअरको ट्वीन जेट वेष्ट विन्ड २४ विमान विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।

राजधानी मनिलाको निनोय अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलमा आठ बजेतिर भएको विष्फोटमा तीन स्वास्थ्यकर्मी, चालक दलका तीन, एक विरामी र उनका साथ रहेका अर्का व्यक्तिको मृत्यु भएको छ ।

लायन एअर फ्लाइट आरपीसी ५८८० को यो चाटर्ड विमान उडान भर्ने क्रममा विष्फोट भएको थियो । विमान मनिलाबाट जापानको हानेदा जाने क्रममा रहेको थियो ।

फिलिपिन्सको यातायात विभागले घटनाको पुष्टि गरेको छ । विष्फोटमा मृत्यु हुनेमा एक अमेरिकी र एक क्यानाडेली नागरिक भएको बताइएको छ । बाँकी भने फिलिपिनो नागरिक नै रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

फिलिपिन्स सरकारले यो विमानलाई कोरोभाइरससँग सम्बन्धित बिरामीहरुलाई सुरक्षित स्थानमा पठाउन प्रयोग गर्दै आएको बताइएको छ । तर, विमानमा रहेका बिरामी कोरोनाभाइरस संक्रमति थिए, थिएनन् खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस