आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शाहरुखका छोरा आर्यनसहित अन्य ६ जनालाई थप १४ दिन न्यायिक हिरासतमा पठाईयो

एपी खबर २०७८ आश्विन २२, शुक्रबार (२ साल अघि) ३४३ पाठक संख्या

लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसहित अन्य ६ जनालाई थप १४ दिन न्यायिक हिरासतमा राख्न मुम्बइ अदालतले अनुमति दिएको छ ।

 

बिहिबार अदालतले न्यायिक हिरासतमै राखेर आर्यनसहित ड्रग्स केसमा पक्राउ परेका अन्यलाई छानविन गर्न अनुमति दिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

शुक्रबार अपरान्ह अदालतले धरौटीका लागि आर्यनले गरेको अपिलबारे सुनुवाइ गर्नेछ । नार्कोटिक्स कन्ट्रोल ब्यूरोले यो मामिलामा अन्यलाई पक्राउ गरिरहेको छ र यसबारे अनुसन्धान भैरहेको जनाएको छ ।

ब्यूरोले अक्टोबर ३ मा एक पानीजहाजमा भैरहेको ड्रग्स पार्टीबाट आर्यनसहित अन्यलाई पनि पक्राउ गरेको थियो । यो घटनामा मुम्बई नार्कोटिक्स ब्यूरोले केही विदेशीलाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस