आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देउवा नेतृत्वको सरकारले पूर्णता पाएपछि पहिलो मन्त्रिपरिषद बैठक जारी

एपी खबर २०७८ आश्विन २२, शुक्रबार (२ साल अघि) ४३४ पाठक संख्या

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बसेको छ । जारी बैठकमा प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरूलाई मन्त्रिपपरिषद्मा स्वागत गर्दै सरकारको प्रभावकारिताका लागि निर्देशन दिने बुझिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीनजना भने राज्यमन्त्री छन् । उनीहरू मन्त्रीपरिषदको बैठकमा सहभागी हुन भने पाउने छैनन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट शुक्रबार १६ जना मन्त्री र २ जना राज्यमन्त्री थपिएका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस