आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शसस्त्र प्रहरी द्वारा २ लाख बढि को कपडा र २ वटा भारतिय मोटर साईकल नियन्त्रणमा

सुरेश कुमार पाण्डे, कपिलबस्तु २०७७ मंसिर १३, शनिबार (३ साल अघि) ६०४ पाठक संख्या

कपिलवस्तुका सुरक्षाकर्मीले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै कपिलबस्तुको मर्यादपुर नाका बाट शसस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली रु.२ लाख बढि पर्ने कपडा र २ वटा भारतिय मोटर साईकल नियन्त्रणमा लिएको छ ।

 

भारतबाट लुकाई छिपाई ल्याइ रहेकोे हुदा बि.ओ.पी. मर्यादपुर बाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ७ जनाको टोलीले गोटिहवाको नहर बाटोमा तस्करहरुलाई लखेटदै २ लाख भन्दा बढीकोे कपडा सहित भारतिय मोटर साईकल पक्राउ गरेको हो ।

 

भन्सार छली ती अवैध सामानहरु सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले बताउनु भएको छ । कपिलवस्तुका सुरक्षाकर्मीले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस