आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिला सिपबिकासका बिभिन्न कार्यक्रमहरुको अनुगमन

सुरेश कुमार पाण्डे, कपिलबस्तु २०७७ चैत्र ३, मंगलबार (३ साल अघि) ४०९ पाठक संख्या

महिलालाई उद्यमी र ब्यबसायी बनाउन सके आर्थिक तथा सामाजिक रुपमा नै परिवर्तन हुने भन्दै दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र युनाइटेड मिशन टु नेपाल संस्थाको सहयोगमा संचालित हाम्रो पहुच परियोजना अन्र्तगतका कार्यक्रमहरुको अनुगमन गरिएको छ । परियोजना अन्र्तगत संचालित यशोधरा गाउपालिका ६ का विभिन्न स्थानमा महिलाहरुको समुहले आयआर्जन मुलकका के कस्ता कामहरु गरिरहेका छन् भने दलित सामाजिक बिकास केन्द्र, गाउपालिकाका जनप्रतिनिधि, लगायत पत्रकारहरुले अनुगमन गरेका हुन् ।

महिलाले उद्यम गरेर आर्थिक क्रियाकलापमा वृद्धि गर्नसक्छन, परियोजनाले उद्यमीहरुलाई प्रोत्साहन देखी लिएर आबश्यक सहयोग पनि गर्दै आएको छ, उद्यमीले निर्धक्क भएर आफ्ना उद्यम र व्यवसायलाई अगाडी बढाउन सक्छन् उहाँले लक्षित बर्गको बजेटमा महिलालाई आर्यआर्जन, सिपबिकास, क्षमता बिकासका बिभिन्न कार्यक्रमहरु समाबेश गरेको छ ।

यशोधरा गाउपालिका ६ वडाध्यक्ष श्याम नारायण उपाध्यायले महिलाहरुलाई ब्यबसायिक बनाउन परियोजनाले सिपबिकासका बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ,

थोरै लगानीमा पनि ब्यबसाय सञ्चालन गर्न सकिने किसिमका तालिमहरु बाट महिला आत्मनिर्भर हुने र महिलाले पनि राम्रो आम्दानी गर्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भएको थियो ।

महिला सशक्ति करण, आर्थिक ,सामाजिक र राजनैनिक रुपमा पहुच बढाउन लक्ष्य लिएको परियोजनाले अनुगमन टोलीको सल्लाह सुझाव बाट अगामी दिनमा थप कार्यक्रम ल्याउने परियोजना की अधिकृत बिन्दवासिनी हरिजनले बताउनु भएको छ ।

कार्यक्रममा सहभागी महिलाहरुले व्यवसाय प्रर्वद्धन गर्न आफुहरु बिभिन्न किसिमका तालिम पाए मात्र फलदायी हुने बताएका थिए ।

यशोधरा गाउपालिका की उपाध्यक्ष कन्यावती उपाध्याय , यशोधरा ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुबे लगायतले व्यवसायमा उत्प्रेरणा र व्यवसाय महसुस गराउने र स्थितीमा सुधार ल्याउने झल्को पार्ने गरि र महिलाहरुलाई आयआर्जन मुलक कामहरुमा लाग्न प्रेरित गर्न र महिलालाई उद्यमी र ब्यबसायी बनाउन सके आर्थिक,सामाजिक रुपमा नै परिवर्तन हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस