आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दाङमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

एपी खबर २०७९ माघ २, सोमबार (१ साल अघि) २५५ पाठक संख्या

दाङ – दाङमा बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

 

दाङको सर्रा–सौडियार सडक खण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का २१ वर्षका सुशील चौधरी र त्यही ठाउँका १८ वर्षका विवेक चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस