आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपाध्यक्ष मशहुदले गराए मुख्यमंत्री लाई मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण

अजय मिश्र, कपिलबस्तु २०७९ माघ १८, बुधबार (१ साल अघि) २३७ पाठक संख्या

कपिलवस्तु: लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री लिला गिरी लाई मदरसाको अवस्था तथा त्यस्को व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् l

 

आज मुख्यमंत्री लाई जामिया सिराजुलउलुम अल्सलफिया अध्यक्ष तथा राष्ट्रीय मदरसा संघ नेपालका संरक्षक समिम अहमद नदवी, राष्ट्रीय मदरसा संघ नेपालका संरक्षक डा. मन्जुर खां, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सल्लाहकार जहिर अहमद बरेलवी,राष्ट्रीय मदरसा संघ नेपालका सदस्य मौलाना अब्दुल नूर सिराजी, अलताब खान, जाहिद हुसेन, असरफ खान लगायतको संयुक्त टोलीले मुख्यमंत्री लाई भेटेर मदरसाको वर्तमान अवस्था , सुधार गर्नुपर्ने पक्षहरू, मदरसामा पढाउने शिक्षकको व्यवस्थापन लगायत मदरसाको सम्पूर्ण समस्याको बारेमा गिरी लाई ध्यानाकर्षण गराएका छन् l

 

मुख्यमंत्री गिरीले मदरसाको व्यवस्थापन तथा मदरसाको संरक्षण गर्न आफूहरू प्रतिबद्ध रहेको र व्यवस्थापन गर्न आफूहरू सहयोग गर्न तत्पर रहेको बताउदै मुस्लिम समुदायको साथ र सहयोग अपरिहार्य रहेको कुरा बताउनुभएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले जानकारी दिए l
साथै समिम अहमद नदवीले स्लाम धर्मको पवित्र पुस्तक नेपाली अनुबाद कुरान भेट गरेका थिए l

प्रतिक्रिया दिनुहोस