आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बर्दियामा आगलागीमा परी चार जनाको मृत्यु

एपी खबर २०८० मंसिर ९, शनिबार (५ महिना अघि) ५८ पाठक संख्या

बर्दिया– बर्दियामा आगलागीमा परी चार जनाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको हो । घटनामा एक जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा १८ महिनाका शिशु कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको रहेका छन् । आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस