आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति, सभामुख र राष्ट्रिय सभा अध्यक्षबीच शितल निवासमा भेटवार्ता

एपी खबर २०८० श्रावण २६, शुक्रबार (८ महिना अघि) ११४ पाठक संख्या
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान राष्ट्रपति पौडेल, सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ ।सो क्रममा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन भएका छलफल प्रयासबारे जानकारी लिए । भेटमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका सल्लाहकार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस