आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गौर हत्याकाण्ड बारे जसपाले जारी गर्यो विज्ञप्ति

एपी खबर २०८० श्रावण २६, शुक्रबार (८ महिना अघि) ८३ पाठक संख्या

काठमाडौं । जनता समावादी पार्टी नेपालले २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको नरसंहारकारी गौर हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले सरकारले घटनाका पीडितहरुसँग ५ बुँदै सहमति गरेर फसाउन खोजेको आरोपसमेत लगाएको छ।

 

पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे ।जसपाले गौर हत्याकाण्डबारे नेपाल सरकारले गठन गरेको सर्वोच्च अदालतका तत्कालीन बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठिन उच्चस्तरीय न्यायायिक छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकार समक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोग लगायतले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

 

२०६३ सालमा गौरमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडपमा २७ जनाको मृत्यु् भएको थियो । सोही घटनाका पीडकहरुलाई कारबाहीको माग गर्दे पीडितहरुले आन्दोलन गरेपछि केहीदिन अघि सरकार र पीडितहरुबीच दोषीलाई कारबाही गर्ने सहमति भएको थियो ।

 

यस्तो छ जसपाले जारी गरेको विज्ञप्तिको पूर्णपाठ 

प्रतिक्रिया दिनुहोस