आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारकाे कामबाट कांग्रेस नेताहरु नै सन्तुष्ट छैनन् : ओली

एपी खबर २०८० मंसिर २८, बिहिबार (४ महिना अघि) ११६ पाठक संख्या

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारकाे काम कारबाहीबाट नेपाली कांग्रेसका नेताहरु सन्तुष्ट नरहेका दाबी गर्नुभएकाे छ । बिहीवार महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभामा उहाँले सत्तारुढ दलकै नेताहरु सरकारकाे कामप्रति असन्तुष्ट रहेका दाबी गर्नुभएकाे हाे ।

 

‘नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर सबैमा चिन्ता छाएको छ ।’ उहाँले भन्नुभयाे । यस्तै, ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि शुरु गरिएको मिसन ८४ अभियान नेपाली नागरिकका लागि भएको बताउनुभएको छ । अध्यक्ष ओलीले आफ्नो पार्टीले साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा देशमा असाधारण विकास गरेकाे दाबी गर्नुभयाे । उहाँले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी, सुशासन, भेद्भाव र पक्षपात नगर्ने हुनुपर्ने बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस