आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री प्रचण्डले तेश्रो पटक पाए बिश्वासको मत

एपी खबर २०८० फागुन ३०, बुधबार (१ महिना अघि) ८६ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रतिनिधिसभामा  २६८ सांसद उपस्थित थिए । उपस्थितमध्ये एकजनाले पक्ष-विपक्षमा मत दिएनन् ।

प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्क्ति पार्टीले विश्वासको मत दिए । विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी उभिए ।

 

 

प्रधानमन्त्रीको पक्षमा नेकपा एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदले मत दिए । स्वतन्त्र सांसद प्रभु शाह र योगेन्द्र चौधरीले मत दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस