आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा जिल्ला आउने दिनमा सबै भन्दा बिकसित जिल्ला हुने :स्वास्थ्य मन्त्री उपेन्द्र यादव

अखिलेश कुमार यादव २०८० चैत्र २, शुक्रबार (१ महिना अघि) ३०३ पाठक संख्या

 बारा : बारा जिल्ला आउने दिनमा सबै भन्दा बढी बिकसित जिल्ला हुने उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताएको छ ।बाराको महागढीमाई नगरपालिका-१० गंजभवानीपुरमा आयोजित श्री श्री १००८ लव कुश कुशकुण्डिका महायज्ञको प्राण प्रतिष्ठा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको छ ।उपप्रधानमन्त्री यादवले बारा जिल्ला बिकासको गन्तब्य बोकेको जिल्ला भएकोले यहाँ बिकास हुने सम्भावना बढी रहेकाले आईटी विश्वबिद्यालय देखि लिएर निजगढ अन्तराष्ट्रिय बिमानस्थल जस्ता बिकासको कामको सुरुवात भईसकेको बताए ।उनले भने बारा जिल्लाका बिद्यार्थी लगाएत मधेश प्रदेशका बिद्यार्थीहरुलाई भारत पढन जाने बाध्यता बाट छुटकाराका लागि बारा जिल्लामै आइटी इञ्जिनियरिङ्ग विश्वबिद्यालयको निर्माण हुने बताए ।कार्यक्रममा बोल्दै मन्त्री यादवले आईटी इञ्जिनियरिङ्ग कलेजको लागि जग्गा खोजि भईरहेको र जग्गा मिलेन बितिकै निर्माणको प्रक्रिया अगाडी बढाउने समेत बताए ।आफु बारा जिल्लाको निर्वाचन क्षेत्र न २ बाट निर्वाचित भएकोले आफ्नो पहिलो लक्ष्यनै बारा जिल्लालाई बिकसित जिल्लाको रुपमा अगाडी बढाउने हो र सोहि लक्ष्य अनुसार अबको केहि दिनमा बारा जिल्लामा विकासै बिकासको लहर आउने बताए ।महागढ़ीमाई नगरपालिका-१० गन्जभवानीपुरमा श्री भोला माध्यमिक बिद्यालयको स्तरोन्नतिको लागि श्री श्री १००८ लव कुश कुशकुण्डिका महायज्ञको आयोजना गरिएको र महायज्ञ बाट संकलन हुने सहयोग सम्पूर्ण बिद्यालयलाई हस्तान्तरण गरिने महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले उद्घाटन कार्यक्रममा बताए ।नगर प्रमुख यादवले महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदामा समावेश गर्नको लागि पहल गर्नको लागि उपप्रधानमन्त्री उपेन्द्र यादव संग आग्रह समेत गरु भएको थियो ।चैत १ गते बाट सुरु भएको महायज्ञ चैत १० गते सम्म चल्ने छ ।

उद्घाटन समारोहकै अवसरमा महायज्ञको लागि सहयोग गरेका सहयोगीहरुलाई उपप्रधानमन्त्री उपेन्द्र यादवले सम्मान गरेको थियो । महागढीमाई नगरपालिका वडा न १० का वडाध्यक्ष चन्दन कुमार साहको सभाध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य बच्चा राउत अहिर,पूर्व अर्थमन्त्री उषा यादव ,जसपाका केन्द्रिय सदस्य बिन्देश्वर राय यादव ,करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादव,उपाध्यक्ष सुनैना देवी चौधरी लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस