आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बंगलादेशमाथि शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

AuthorAP Khabar२०७५ भाद्र २३, शनिबार (५ साल अघि) ५०५ पाठक संख्या

काठमान्डौ २३ भाद्र : आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो ।

अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो ।

तर, खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो ।

खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई अग्रता दिलाए ।विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षकले हातमै परेको थियो तर, उनले रोक्न सकेनन् र गोलमा परिणत भयो ।

दोस्रो हाफमा पनि नेपालले दबाव बनाइराक्यो । निर्धारित ९० मिनेटको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेपछि नेपालको जित सुनिश्ति भयो ।(अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस