आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिला टि–२० क्रिकेट : श्रीलंकालाई हराउँदै बंगलादेशको २ रनको रोमाञ्चक जित

AuthorAP Khabar२०७६ मंसिर २२, आईतबार (४ साल अघि) ३४३ पाठक संख्या

मंसिर २२ कास्की :

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (राग) अन्तर्गत आज (आइतबार) पोखरामा भएको महिला टि–२० क्रिकेटको उपाधि बंगलादेशले जितेको छ ।

लो–स्कोरिङ म्याचमा श्रीलंकालाई हराउँदै बंगलादेशले २ रनको रोमाञ्चक जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धाति २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् ।

९२ रनको लक्ष्य पछ्याउन आएको श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । तर, हातमा दुई विकेट मात्र थिए ।

बंगलादेशले ४ रन मात्र बनाउन सक्यो । अन्तिमका दुवै ब्याट्सउमन रन आउट भएको श्रीलंका ८९ रनमा अलआउट भयो ।

प्रतिक्रिया दिनुहोस