आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईपीएल : राजस्थानलाई ५७ रनले हराउँदै मुम्बई शीर्षस्थानमा उक्लियो

एपी खबर २०७७ आश्विन २१, बुधबार (३ साल अघि) ७८१ पाठक संख्या

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत जारी सिजनको २० औं खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ । यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

आईपिएलमा मुम्बईले राजस्थानलाई पाँच वर्षपछि हराएको हो । खेलमा जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा १ सय ३६ रनमै अल आउट भयो ।

राजस्थानका लागि सुरुवाती ब्याट्सम्यान जोस बट्लरले सर्वाधिक ७० रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले ४ विकेट लिए । यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो ।

उसका लागि सूर्यकुमार यादव ७९ रनमा अविजित रहे । जितसँगै मुम्बई एण्डीयन्स ६ खेलमा ४ जित र २ हारसहित ८ अंकसतिह तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

५ खेलमा ४ जित र १ हारसहित ८ अंक जोडेको दिल्ली क्यापिटल्स नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ । ५ खेलबाट ४ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस