आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईपीएल : कोलकाताले चेन्नाईलाई १० रनले हरायो

एपी खबर २०७७ आश्विन २२, बिहिबार (३ साल अघि) ४७७ पाठक संख्या

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति कोलकाता नाईट राईडर्सले चेन्नेई सुपर किंग्सलाई १० रनले हराएको छ ।

आबुधावीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनायो । उसका लागि सुरुवाती व्याट्सम्यान राहुल त्रिपाठीले ८१ रन बनाए । बलिङतर्फ चेन्नाईका ड्वेन ब्राभोले ३ विकेट लिए ।

जवाफमा १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नेईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै जोड्न सक्यो । उसका लागि सेन वाट्सनले सर्वाधिक ५० रन जोडे ।

आईपिएलको जारी सिजनमा चेन्नाईको यो ६ खेलमा चौथो हार हो भने कोलकाताको ५ खेलमा तेस्रो जित हो । यो जितसँगै कोलकाता पाँच खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

एक खेल बढी खेलेको चेन्नाईको भने ४ अंक मात्रै छ । आईपिएल क्रिकेटमा आज राती सनराईजर्स हैदरावाद र किङ्स इलेभेन पन्जाव भिड्नेछन् ।

४ अंकसहित हैदरावाद तालिकाको छैटौं स्थानमा छ भने २ अंक मात्रै जोडेको पन्जाव पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस