आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुवात

एपी खबर २०७७ आश्विन २३, शुक्रबार (३ साल अघि) २६२ पाठक संख्या

काठमाडौं : कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ ।गएराति भएको छनोटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० ले पराजित गरेको हो । खेलको १३ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए ।

 

इक्वेडरका पेभिस इस्टुनपियनले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अर्जेटिनाले पेनाल्टी पाएको थियो । छनोटको अर्को खेलमा उरुग्वेले चिलीलाई २-१ गोल अन्तरले पाखा लगएको थियो ।

 

उरुग्वेका लागि लुइस सुआरेज र म्याक्सी गोमेजले गोल गरे । उरुग्वेको जितमा सुआरेजले ६० औं अन्तराष्ट्रिय गोल गरेका हुन् । यस्तै पाराग्वे र पेरुले २-२ को बराबरी गरे ।

प्रतिक्रिया दिनुहोस