आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईपीएल : हैदराबादलाई हराउँदै चेन्नईकाे तेस्राे जित

एपी खबर २०७७ आश्विन २८, बुधबार (३ साल अघि) ५२८ पाठक संख्या

इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाले पाँचौ हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा हैदरावाद २० रनले पराजित भयो ।

 

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

सेन वाट्सन र अम्बाती रायडूले चेन्नेईको स्कोर १०० रन पार गराएका थिए । राइडु ४१ रनमा आउट हुँदा चेन्नेईको स्कोर १ सय १६ रन थियो ।

 

यसैगरी वाट्सन पनि व्यक्तिगत ४२ रन बनाएर पभेलियन फर्किए । वाट्सनले ३८ बलमा ३ छक्का र एक चौका प्रहार गरे । कप्तान महेन्द्र सिंह धोनी पनि १३ बलमा २१ रन बनाएर आउट भए । रविन्द्र जडेजाले १० बलमा २५ रन बनाए ।

 

जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४७ रनमा रोकियो । मध्यम सुरुवात गरेको हैदरावादले २३ रनमा पहिलो विकेट गुमाएको थियो भने ५९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो । जारी प्रतियोगितामा हैदरावादको पाँचौ हार हो । यो जितपछि चेन्नेईको आठ खेलमा ६ अंक भएको छ । हैदरावादको पनि आठ खेलमा ६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस