आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गौरमा पौष १७ देखि गौरी शंकर यादव प्रिमियर लिग (जिपीएल) शुरु हुने

अमित ठाकुर २०८० पौष १४, शनिबार (४ महिना अघि) ४८८ पाठक संख्या

रौतहट । रौतहटको गौरमा पहिलो पटक गौरी शंकर यादव प्रिमियर लिग (जिपीएल) शुरु हुने भएको छ । पौष १७ देखी शुरु हुने प्रतियोगितामा गौरका ९ टिमको सहभागीता रहने छ । गौरीशंकर यादव प्रतिष्ठानले शनिवार गौरको साइमन होटलमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका कार्यक्रम सार्वजनिक गरेको छ । नगरक्षेत्रमा रहेका क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसायी एवं गुणस्तरिय खेलाडी उत्पादनको लागी जीपीएलको शुरुवात गर्न लागेको प्रतिष्ठानका अध्यक्ष मोहन यादवले बताए ।

 

प्रतियोगितामा सहभागी गौरका ९ वटै वडाका टिमको लोगो र जर्सि सार्वजनिक गरिएको छ । जिपिएलमासहभागी टिमहरु क्रान्तिद्वार ११, बानेश्वर ११, शिवगंगा ११, सोवर्णामाई ११, बरहवा ११, सबगढा ११, सिसवा ११, दरवार ११, सिर्सिया ११ को सहभागीता रहेको आयोजक समितिका संयोजक गौतम श्रेष्ठले बताए । जीपीएलमा सहभागी हुने हरेक टिमका ११ जना खेलाडीलाई म्याच फि समेत उपलब्ध गराईने व्यवस्था गरिएको उनले बताए ।

 

प्रतियोगितामा क्रिकेट एशोसियसन अफ नेपालबाट मान्यता प्राप्त एम्पायर तथा स्कोररलाई प्रयोग गरिने समेत उनले बताए । प्रतियोगिता अवधीभरीमा खेलाडीहरु अनुशासित रहन आग्रह गर्दै यदी कुनै खेलाडी खेलभावना विरुद्ध कुनैपनि कार्य गरेमा सम्पूर्ण म्याच फि काटिने समेत स्पष्ट श्रेष्ठले बताए । प्रतियोगिताका प्रत्येक म्यान अफ दि म्याच खेलाडीलाई नगद १ हजार १ सय ११ रुपैयाको नगद पुरस्कारको व्यवस्थापन गरिएको छ । क्यानको नीयमकानुनलाई अंगिकार गर्दै गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल) संचालनको आवश्यक सबै तयारीहरु अन्तीम चरणमा पुगेको फाउण्डेशनका अध्यक्ष मोहन यादवले बताए ।

 

गौर नगरपालिकामा रहेका ९ वटा वडाका टिमहरु समावेश भएको र ११ दिन सम्म जीपीएल अन्तर्गत १९ वटा म्याच हुने प्रतिष्ठानका अध्यक्ष मोहन यादवले जानकारी दिए । सो पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रान्त नेपाल, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, अम्पायर सागर यादव, सहित संचारकर्मीहरु तथा टिमका क्याप्टेनहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस