आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्याप्टेन साहको सतकले गौर नगरपालिकाको दोश्रो जीत

अमित ठाकुर २०८० फागुन २९, मंगलबार (१ महिना अघि) ४९४ पाठक संख्या

रौतहट :  रौतहटकै इतिहासको पहिलोपटक भईरहेको पालिका कप २०८० अन्तर्गत आज भएको पहिलो खेलमा परोहा नगरपालिकालाई ८ विकेटले पराजित गर्दै यमुनामाई गाउँपालिकाको टिमले विजयी सुरुआत गरेका छन् ।
रौतहटको एतिहासिक खेल मैदानमा रौतहट क्रिकेट संघद्धारा देशमै पहिलो पटक आयोजित गरेको पालिका कप २०८० को चौथो दिन दिनको छ्यठौ म्याचको खेलमा यमुनामाई गाउँपालिकाको टिमले टस जितेर पहिलो फिल्डिङ रोजेका थिए ।

 

 

परोहा नगरपालिकाले निर्धारित २० ओभरको खेलमा १८.३ ओभरमा १० विकेटको क्षतिमा ८२ रन बनाउन सफल भएको थियो । ८३ रनको टार्गेट पुरा गर्न मैदानमा ओर्लिएका यमुनामाई गाउँपालिकाको टिमले निर्धारित २० ओभरको खेलमा ११.२ ओभरमा २ विकट गुमाएर ८५ रन बनाई जित हाँसिल गरेका छन्। भने दोस्रो पटकको खेलमा गौर नगरपालिका र मौलापुर बिच भएका थिए।

 

 

गौर नगरपालिकाले टच जितेर पहिले ब्याटिङ्ग गर्दै आजको दोस्रो खेलमा गौर नगरपालिकाका क्याप्टेन शनि साहले पालिका कप २०८० मा पहिलो सतक लगाएका छन्। टच जितेर गौर नगरपालिका निर्धारित २० अोभरमा दुई बिकेट गुमाउँदै १६० रन बनाएका थिए। भने गौर नगरपालिकाबाट राज पटेलले २४ बलमा २७ रन बनाएका थिए।

 

 

भने रवी साहले ३३ बलमा २१ रन बनाएका थिए। त्यसतै क्याप्टेन शनि साहले ६० बलमा १०७ रन बनाएका थिए। भने सितेश तिवारीले ५ बलमा ३ रन बनाई अतिरिक्त रन सहित १६० रन बनाई मौलापुर नगरपालिकाका टिमलाई १६१ रनको लक्ष्य दिएका थिए।१६१ रनलाई पछ्याउँदै मौलापुर नगरपालिकाका टिमले २० अोभरमा ९ बिकेट गुमाई १२४ रन बनाएका थिए। भने गौर नगरपालिकाले ८ बिकेट ३६ रनले जित हासिल गरे भने गौर नगरपालिकाका क्याप्टेन शनि साहले ६० बलमा १०७ रन बनाई १ बिकेट हाँसिल गर्दा म्यान अफ द म्याच भएका छन्।

प्रतिक्रिया दिनुहोस