आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पालिका कपमा गढीमाई ३ रनले र चन्द्रपुर नगरपालिका ६२ रनले बिजयी 

अमित ठाकुर २०८० चैत्र १, बिहिबार (१ महिना अघि) १५७ पाठक संख्या

रौतहट। रौतहटकै इतिहासको पहिलोपटक चलिरहेको पालिका कप २०८० अन्तर्गत आज भएको पहिलो खेलमा बौधीमाई नगरपालिकालाई ३ रनले पराजित गर्दै गढीमाई नगरपालिकाको टिमले विजयी भएका छन् । रौतहटको एतिहासिक खेल मैदानमा रौतहट क्रिकेट संघद्धारा देशमै पहिलो पटक आयोजित गरेको पालिका कप २०८० को पाँचौ दिन दिनको दशौं म्याचको खेलमा गढीमाई नगरपालिकाको टिमले टस जितेर पहिलो ब्याटिङ्ग रोजेका थिए ।

 

गढीमाई नगरपालिकाल निर्धारित २० ओभरको खेलमा १२.३ ओभरमा १० विकेटको क्षतिमा ८६ रन बनाउन सफल भएको थियो । ८६ रनको टार्गेट पुरा गर्न मैदानमा ओर्लिएका बौधीमाई नगपालिकाको टिमले निर्धारित २० ओभरको खेलमा ८ विकट गुमाएर ८३ रन बनाई पराजित हाँसिल गरेका छन्।भने गढीमाई नगरपालिका ३ रनले बिजयी भएका छन्। भने दोस्रो पटकको खेलमा चन्द्रपुर नगरपालिका र देवाही गौनाही नगरपालिका बिच भएका थिए।

 

चन्द्रपुर नगरपालिकाले टच जितेर पहिले ब्याटिङ्ग गर्दै दोस्रो खेलमा देवाही गोनाही नगरपालिका बिरुद्ध जित हासिल गरेका छन्। चन्द्रपुर नगरपालिकाले पहिलो उद्घाटन म्याच दुर्गा भगवती गाउँपालिका संग लिग म्याचमा पराजित भए पनि आज दोस्रोपटक खेलमा चन्द्रपुर नगरपालिकाले देवाही गोनाही नगरपालिकालाई ५ बिकेट ६२ रनले पराजित गरेका छन्। भने चन्द्रपुर नगरपालिकाबाट अभिषेश रौनियारले ४८ बलमा ६२ रन र दनिश अहमद ४० बलमा ५५ रन बनाएका थिए। भने देवाही गोनाही नगरपालिकाबाट ब्रज यादवले ३१ बलमा २५ रन र शेख हननले १९ बलमा २५ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस