आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए को लगातार दोस्रो हार

एपी खबर २०८० चैत्र १७, शनिबार (१ महिना अघि) ८८ पाठक संख्या

काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल आयरल्यान्डसँग ४० रनले पराजित भएको हो। पहिलो खेलमा शुक्रबार २१ रनले पराजित भएको थियो। आयरल्यान्डले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७.५ ओभरमा १८४ रनमा समेटिएको हो। प्रारम्भिक ब्याटर लोकश बम र देव खनालले राम्रो शुरुआत दिए पनि नेपालले निरन्तरता पाउन सकेन।

 

खनालले २५ बलमा ४७ रन प्रहार गरे। त्यस्तै, बमले १३ बलमा २५ रन बनाए। त्यस्तै, नेपालका लागि वसिर अहमदले २७, विनोद भण्डारीले २६, आरिफ शेखले १४ र पवन सर्राफले १० रन बनाए। आयरल्यान्डका लागि बेन ह्वाइटले तीन, फिन ह्यान्ड र थोमस मेयसले दुई-दुई तथा म्याथ्यु फोस्टर र ग्यारेथ डेलानीले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको आयरल्यान्डले ६ विकेटको क्षतिमा २२४ रन बनाएको थियो। आयरल्यान्डका लागि पेटर मूर र नेइल रकले विस्फोटक अर्धशतक बनाए।

 

मूरले २६ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै ६५ रन जोडे। कप्तान रकले ३४ बलमा एक चौका र सात छक्काको मद्दतले ७१ रन बनाए।त्यस्तै, जेम्स म्याकुलमले २६, फिन ह्यान्डले १९, रोस अदइरले १७ र गेराथ डेलानीले १० रन बनाए। नेपालका लागि सागर ढलाकले तीन, कमल ऐरी र पवन सर्राफले एक(एक विकेट लिए। आयरल्यान्ड वुल्भ्स र नेपालको ‘ए’ टोलीबीच टी-२० प्रतियोगिता चलिरहेको छ। टी-२० शृङ्खलाको तेस्रो खेल मंगलबार हुनेछ।

प्रतिक्रिया दिनुहोस