आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा अध्यक्ष कार्कीको प्रशंसा: एकै दिन चार सय किसानलाई घाँसको बिउँ वितरण

एपी खबर २०७९ फागुन २१, आईतबार (१ साल अघि) २०९ पाठक संख्या

सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले एक कार्यक्रमको बीच आफ्नो वडा भित्र रहेका किसानलाई घाँसको बिउँ वितरण गरेको छ ।वडा स्तरीय योजना बाट आर्थिक बर्ष २०७९/८० मा वडा न ३ को कार्यालय बजनीले किसानामुखी कार्यक्रम अन्तर्गत किसानलाई धानको बिउँ,गहुँको बिउँ र तरकारीको बिउँ उपलब्ध गराएको हो भने आज घाँसको बिउँ समेत उपलब्ध गराएर वडा अध्यक्ष कार्की प्रशंसा योग्य बनेको हो ।

 

देशमा आर्थिक मन्दी छाएको बेला आफुले वडा स्तरीय योजनामा नै किसानहरुको लागि बिभिन्न प्याकेज अन्तर्गत बजेट बिनियोजन गरेर किसानमुखि कार्यक्रम संचालनमा ल्याएको वडा अध्यक्ष तारा बहादुर कार्की क्षेत्री बताउनुहुन्छ ।गहुँ बालि भित्राए संगै तराइको किसानहरुले चैते धानको खेति गर्ने भएकोले आफुले आफ्नो वडा कार्यालयको तर्फ बाट समयमा नै किसानहरुलाई चैते धानको बिउँ वितरण गराएको र आज एक कार्यक्रमको आफ्नो वडा भित्र रहेका ४ सय किसानलाई घाँसको बिउँ वितरण गरेको समेत उहाँले बताउनु भयो ।

 

 

समयमा नै वडा न ३ को किसानहरुले धान,गहुँ, तरकारी घाँसको बिउँ पाए पछि निकै नै हर्षित भएको देखिएको छ ।गाई ,भैसी,बाख्रा पाल्न तर्फ पनि वडा न ३ अगाडी बढ्दै जाने उदेश्यले घाँसको बिउ वितरण गरेको वडा सचिव अनिल पासवानले बाताउनु भएको छ ।यता वडा अध्यक्ष कार्कीले अब बैशाख जेठमा आफ्नो वडाको किसानहरुलाई मल खाद,बर्षे धान को बिउँ उपलब्ध गराउने प्रतिबद्धता गर्नु भयो ।जीतपुरसिमरा उपमहानगर भित्र सबै भन्दा पहिला वडा न ३ ले किसानामुखी कार्यक्रम अन्तर्गत आफ्नो वडाको किसानलाई समयमै नै सिजन बिउँ उपलब्ध गराए आएकोले अहिले उपमहानगरमै वडा अध्यक्ष कार्कीको प्रशंसा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस