आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा संचालनमा रहेको एक महिने सिलाई कटाई तालिम सम्पन्न

अखिलेश कुमार यादव २०८० जेष्ठ २९, सोमबार (११ महिना अघि) १५८ पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा आयोजित एक महिने निःशुल्क सिलाई कटाई तालिम सम्पन्न भएको छ। लक्ष्य प्राप्ति संस्थाको आयोजना, जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को कार्यालयको सहयोग आईतवार एक कार्यक्रमका बिच शिलाई कटाई तालिम समापन गरिएको हो ।

 

लक्ष्य प्राप्ति संस्थाका अध्यक्ष रेखा चौधरीको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ताको प्रमुख अतिथ्यतामा एक महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुप्ताले यस्ता खालका स्वरोजगारमूलक ज्ञान र सीपले गाउँ टोलको मात्र नभएर सिंगो राष्ट्रकै बिकास र समृद्धिमा टेवा पुग्ने बताउनुभयो । सीपको माध्यमले आयआर्जनसंगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने उल्लेख गर्दै वडा अध्यक्ष गुप्ताले तालिममा सिकेका सीपलाई भरपुर सदुपयोग गर्दै उद्यमशिलता तर्फ अग्रसर हुन आग्रह समेत गर्नुभयो ।सिलाई कटाई तालिमको समपन्नमा बोल्दै बिशिस्ट अतिथि वडा सदस्य सिता उप्रेतीले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्नुभयो । समापन समारोहमा प्राप्त गरेको प्रमाणपत्रलाई राख्नै मात्रै गरियो भने समयको मात्र बर्बाद हुने भएकाले उहाँले यहाँ सीकेको सीपलाई अब हरेक महिलाहरुले व्यवहारमा उतार्न सुझाव दिनुभयो ।उक्त सिलाई कटाई तालिममा जीतपुरसिमरा उपमहा नगरको सामाजिक बिकाश शाखा प्रमुख सुदन चौधरी ,वडा सदस्य नबिन मैनाली,ललिता देवी पासवान,नुरुल होदा अन्सारी,स्थानीय नेता अफताब आलम,नगर उधोग बाणिज्य संघको बरिष्ट उपाध्यक्ष मनोज गुप्ता लगाएतले शुभकामना मन्तब्य राखेको थियो ।बैशाख १५ गते देखि सुरु भएको तालिम एक महिने भए पनि करिब १ महिना १३ दिन सम्म संचालन गरिएको संस्थाको अध्यक्ष चौधरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस