आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी

एपी खबर २०८० पौष २७, शुक्रबार (४ महिना अघि) ९९ पाठक संख्या

काठमाण्डाै – अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी भएको छ । योसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ५९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । भारतका शिवम् दुबे ६० रनमा अविजित रहे ।

 

अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए । आजमतुल्लाह ओमरजाइले १ विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ४२ रन बनाए । भारतका अक्षर पटेल र मुकेश कुमारले समान २ विकेट लिए । शिवम् दुबेले १ विकेट लिए । दोस्रो टी–२० खेल पर्सि हुनेछ ।

प्रतिक्रिया दिनुहोस