आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्व नगरप्रमुख पौडेलको निधनमा शुक्रबार जीतपुरसिमरा उपमहानगरमा शोक बिदा

अखिलेश कुमार यादव २०८० आश्विन २६, शुक्रबार (६ महिना अघि) ११९ पाठक संख्या

बारा : नेकपा एमालेका मधेश प्रदेश सचिव एवं जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगरप्रमुख डा.कृष्ण पौडेलको निधन प्रति जीतपुरसिमरा उपमहानगरपालिकाले गहिरो दुख प्रकट गर्दे श्रद्धान्जली व्यक्त गरेको छ ।शुक्रबार विज्ञप्ति जारी गरी जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले कृष्ण पौडेलको निधनले मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएकोले जीतपुरसिमरा उपमहानगरपालिकालाई अपूरणीय क्षति भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्व नगरप्रमुख पौडेल बिहिवार बेलुका सिमरा स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको थियो ।

 

पूर्व नगरप्रमुख पौडेलको अकल्पनीय,असामयिक निधनले सिङ्गो जीतपुरसिमरा उपमहानगरपालिकानै अहिले शोकमा डुबेको छ ।डा : कृष्ण पौडेल २०७४ को स्थानीय तहको चुनावमा नेकपा एमालेको तर्फ बाट पहिलो नगरप्रमुख मा निर्वाचित हुनु भएको थियो । यता जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्व नगरप्रमुख डा.कृष्ण पौडेलको निधनमा उपमहानगरले आज शुक्रबार उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय र शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय गरेको नगरप्रमुख राजन पौडेल द्वारा जारि गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस