आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दशैँ तिहारलाई लक्षित गर्दै बारामा शान्ति सुरक्षा व्यवस्थामा कडाई

अखिलेश कुमार यादव २०८० कार्तिक १, बुधबार (६ महिना अघि) १२५ पाठक संख्या

बारा : दसैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरेर बारामा विशेष सुरक्षा योजना लागू गरिएको छ। सर्वसाधारणमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै चाडपर्वलाई सुरक्षित, मर्यादित र सभ्य बनाउन सुरक्षा योजना बनाएर लागू गरिएको बारा प्रहरीले जानकारी दिएको छ।बाराका प्रहरी प्रमुख सुरेश काफ्लेले सुरक्षित तवरले चाडपर्व मनाउने वातावरण सृजना गर्ने दायित्व प्रहरीको भएको बताए। उनका अनुसार नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधन तथा यात्रुको सुरक्षा र उपभोक्ताको अधिकारलाई मध्यनजर गरेर चाडपर्व लक्षित सुरक्षा योजना तयार पारिएको छ।

 

साथै मादक पदार्थ सेवन (मापसे) गरेर हुनसक्ने उसृङ्खल गतिविधि, लोकमार्ग तथा सहायक मार्गहरूमा अवाञ्छित क्रियाकलाप लगायत विभिन्न अपराधिक गतिविधि नियन्त्रण प्रहरीको प्राथमिकतामा परेको छ। अति विशिष्ट, विशिष्ट तथा उनीहरूको निवास, सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, बैंक एवं वित्तीय संस्था, बजार, पसल लगायत सार्वजनिकस्थलमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाइएको काफ्लेले बताए। भारतसँगको खुला सीमाको फाइदा उठाउँदै हुनसक्ने चोरी, तस्करी लगायत विभिन्न अपराधिक गतिविधि रोक्नको लागि बारा प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको छ । चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, चन्दा असुली र ठगी हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मजवुत बनाइएको एसपी काफ्लेले बताए ।

 

 

बारामा चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन ५१ ठाउँमा चेंक जांच प्रत्येक दिन कम्तिमा ५० वटा गस्ती टोली परिचालन ,४ ठाँउमा यात्रु सहायता कक्ष सञ्चालन,साईकल गस्तीको सुरूवातसादा पोसाकमा जनशक्ति परिचालन , गरिएको छ। सम्भावित र विगतमा भएका घटना एवं अपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना बारा प्रहरीले तयार पारेको छ । सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयका लागि सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिएको छ। प्रहरीको पिकेट, सवारी गस्ती, मोबाइल, मोटरसाइकल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था कडा पारिएको एसपी काफ्लेको भनाई छ ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिर लगायत भक्तजनहरूको भीडभाड एवं घुइँचो हुने स्थानको सुरक्षामा विशेष ध्यान दिइएको छ। भीडभाडमा हुने चोरी, डकैती र लुटपाटका घटना, मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रण लगायतमा पनि प्रहरीको ध्यान जान थालेको छ। चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ। त्यस्तै जुवा, तास लगायत गैह्र कानुनी खेलहरू र शान्ति भड्काउने समूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने उनले बताए।उनका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग र अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमजोरी हुन नदिन तथा होटल, लज एवं रेष्टुरेन्टमा समेत नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ। शंकास्पद व्यक्तिहरू एवं सार्वजनिक स्थलमा हुने गतिविधिको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत नियन्त्रण तथा अपराधिक प्रवृत्तिका मानिसहरूको पहिचान र निगरानीमा प्रहरी सक्रियता बढाइएको छ।

प्रतिक्रिया दिनुहोस